७ पुस २०८२, सोमबार | December 22, 2025

सरकारले हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्नु दुःखद् : ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता हिंसाको पक्षमा नरहेको बताएका छन् ।

एमाले अध्यक्ष ओलीको आज परेको ७२औं जन्मदिनको अवसर पारेर बालकोटस्थित आफ्नै निवासमा नेपाल अफ्रो एशियाली जनएकता सङ्गठनले आयोजना गरेको पुस्तक विमोचनमा उनले सो धारणा राखेका हुन् । ।

सो सङ्गठनले प्रकाशन गरेको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन गर्दै ओलीले नेपाली जनतालाई अब कुनै पनि प्रकारको हिंसा मान्य नहुने बताए। अध्यक्ष ओलीले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ मनाउने गरी सरकारले गरेको निर्णय सही नभएको टिप्पणी पनि गरे । उनले भने, ‘हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद् निर्णय गर्‍यो । त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ । जुन कुरा सही होइन । सरकारले किन त्यो गर्‍यो ? आकस्मिक रुपमा त्यो किन गर्नु पर्‍यो रु आफैंले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमा मण्डन गर्न पर्‍यो ? त्यो मैले पनि बुझेको छैन, ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  २ : ४३ बजे

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र