१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

एमाले नेतृत्वलाई छोएकै दिनदेखि देश ठप्प हुन्छ : केपी ओली

 एक हप्ताभित्र टोलटोलमा सुरक्षा समिति बनाउन निर्देशन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमाले नेतृत्वलाई छोएकै दिन देश ठप्प हुने चेतावनी दिएका छन् ।

११औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएलगत्तै महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो चेतावनी दिएका हुन् । एमाले नेतृत्वलाई घेरा हाल्ने, पक्राउ गर्ने जस्ता हल्ला सुनिएको भन्दै उनले त्यस्तो भए तत्कालै देश ठप्प पार्न नेता कार्यकर्तालाई निर्देशन दिए । उनले अपराधिक तत्वहरुले अराजकता फैलाउन खोजेको जिकिर गर्दै त्यस्ता तत्वहरुलाई नियन्त्रण गर्न टोलटोलमा सुरक्षा समिति बनाउन पनि निर्देशन दिए ।

ओलीले अहिले देशमा अराजकता मच्चाउन खोजिएको र एमालेले त्यसलाई रोक्ने दाबी गरे। उनले सरकारको मात्रै भर पर्दा धोका पाउन सकिने भन्दै एक हप्ताभित्र देशभर टोल–टोलमा सुरक्षा समिति बनाउन निर्देशन दिएका हुन्। उनले भने, ‘देशमा अहिले असुरक्षा रहेको छ । त्यसैले आफ्नै खुट्टामा उभिएर आफ्नै सुरक्षा गर्नुपर्ने अवस्था छ । टोल–टोलमा सुरक्षा समिति अविलम्ब बनाउनुहोस्। एक हप्ताभित्र।’ उनले अन्य पार्टीहरुलाई पनि यस्तै काम गर्न आग्रह गरे ।

अध्यक्ष ओलीले सही कुरा गर्न नडराउन सबैलाई आग्रह गरे । उिद्योग व्यवसायीहरूलाई सम्बोधन गर्दै एक समय आगो लगाउन आए पनि अब त्यस्ता कुराले स्थान नपाउने भन्दै भरोसा दिने काम गरे । अब उद्योगीव्यवसायीको रक्षा पनि एमालेले गर्ने उनले बताए ।

ओलीले सरकारले जेनजीहरुसँग गरेको १० बुँदे सम्झौता एमालेले खारेज गर्ने बताए । उनले यस्तो असंवैधानिक सम्झौता लागु हुन नदिने दाबी गरे । यो सरकारले चुनाव नचाहेको उल्लेख गर्दै उनले सर्वोच्चले संसद पुनस्र्थापना गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ७ : ४० बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित