२१ चैत्र २०८२, शनिबार | April 4, 2026

शाइन रेसुंगा आर्थिक पत्रकारिता पुरस्कार नेपाललाई



बुटवल । बुटवलका पत्रकार माधव नेपालले शाइन रेसुंगा उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले स्थापना गरेको उक्त पुरस्कार बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा बिहीबार पत्रकार नेपाललाई प्रदान गरिएको हो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीसंगको सहकार्यमा स्थापित पुरस्कारको राशी ५० हजार १ सय ११ रुपैयां रहेको छ । बैंकले पत्रकार महासंघ रुपन्देहीमा ५ लाख रुपैयांको अक्षयकोष स्थापना गरेको छ । उक्त अक्षयकोषको ब्याजबाट गत वर्षदेखि पुरस्कार वितरण गर्न थालिएको हो ।

दुई दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार नेपाल बीबीसी नेपाली सेवा र बुटवल एफएममा कार्यरत छन् । बैंकका अध्यक्ष थानेश्वर पौडेल, प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकार नेपाललाई पुरस्कार राशीको चेक र कदर पत्रले पुरस्कृत गरेका हुन् ।

वार्षिकोत्सवको अवसरमा बैंकले गुल्मीको बलेटक्सार र तिलोत्तमाको ज्योतिनगर शाखालाई उत्कृष्ट ग्रामीण शाखाका रुपमा पुरस्कृत गरेको छ ।

समारोहमा बैंकले डिजिटल क्रेडिट कार्ड शुभारम्भ गरेको छ । पुरस्कार वितरण समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले इथिकल बैकिङ, राष्ट्र बैंकको मार्गनिर्देश अनुसार अघि बढेकाले शाइन रेसुंगा काठमाडौं उपत्यका बाहिर प्रधान कार्यालय रहेको लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंक बन्न सफल भएको उल्लेख गरे । बैंकहरु लगानीकर्ताको नभई जनताको (निक्षेपकर्ताको ) हो भन्ने तथ्यलाई आत्मसाथ गरेकाले बैंक सबैंको विश्वसनीय र रोजाईको बैंक बन्न सफल भएको उनले बताए ।

बैंकका अध्यक्ष थानेश्वर पौडेलले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिकोत्सवका अवसरमा १४ हजार वृृक्षरोपण गरेको, डिजिटल बैकिङ साक्षरतालाई अभियानकै रुपमा सञ्चालन गरी ३० वटा कार्यक्रममा ३ हजार बढीलाई सहभागी गराएको, वन वाटिकाको टिकटिङलाई अनलाइन गरिएको र डिजिटल स्कूल परियोजना अन्तर्गत १५ वटा सरकारी विद्यालयमा २० लाख रुपैयां बराबरको उपकरण प्रदान गरेको बताए ।

यस्तै शाइन उद्यमशीलता कार्यक्रमअन्तर्गत कलेजमा अध्ययनरत विद्यार्थी र युवालाई उद्यमशील बनाउन र स्वरोजगार अभिवृृद्धि गर्न ३३ वटा क्याम्पसमा उद्यमशीलता विकास सम्बन्धी कार्यक्रम गरेको बताए । प्रदेश १ र २ वाहेक ५ वटा प्रदेशका २० जिल्लामा ८८ वटा शाखा रहेकामा बैंकका ६० प्रतिशत शाखाहरु ग्रामीण क्षेत्रमा रहेका बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ५ : २४ बजे

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु-याइँदै

काठमाडौं । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका

कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का

युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । पश्चिम एसियाको युद्धका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल