८ माघ २०८२, बिहिबार | January 22, 2026

निगमको चार ट्याङ्कर डिजेलमा मिसावट भेटिएपछि छानविन सुरु



काठमाडौं । भारतको सिलिगुढीस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट झापा ल्याइएको चार ट्याङ्करमा डिजेलमा मिसावट भेटिएपछि छानविन सुरु गरिएको छ ।

नेपाल आयल निगमले गठन गरेको उच्चस्तरीय टोलीले आजदेखि छानविन थालेको हो । टोलीले मेचीनगर–१३ चारआलीस्थित आयल निगमको शाखा कार्यालयमा कर्मचारी र पेट्रोलियम व्यवसायीसँग आज सोधपुछ गरेको छ ।

निगमको चारआली शाखाका प्रमुख भीम विकका अनुसार फागुन १० गते सिलिगुढीबाट चार वटा ट्याङ्करमा ल्याइएको ८० हजार लिटर डिजेलमा मिसावट भएको आशङ्का गरिएको छ । “केन्द्रबाट आउनुभएको छानविन टोलीका सदस्यले सोधपुछ र छलफल गरिरहनुभएको छ”, उनले भने ।

नवदुर्गा आयल स्टोर्सका नाममा रहेको प्र १–०१–००–१ ख ३५००, माता पाथीभरा आयल स्टोर्सका नाममा रहेको मे १ ख २१५१, उत्तरगङ्गा यातायात प्रालीका नाममा रहेको ना ७ ख १५०७ र रिजाल आयल सप्लायर्स एन्ड टे«डर्सका नाममा रहेको ना ७ ख ६९७४ नम्बरको ट्याङ्करमा ल्याइएको ८० हजार लिटर डिजेलको गुणस्तर जाँच्दा मिसावट भेटिएको आयल निगमले जनाएको छ ।

ती ट्याङ्कर हाल चारआलीस्थित निगमको शाखा कार्यालय परिसरमा पार्किङ गरेर राखिएको छ । भारतबाट ट्याङ्करबाट ल्याइएको पेट्रोलियम पदार्थ निगमको शाखामा गुणस्तर जाँचेपछि सिधै विक्रेता पेट्रोलपम्पमा पठाउने चलन छ ।

निगमको केन्द्रीय कार्यालयकी प्रबन्धक कमला न्यौपानेको नेतृत्वमा गठन भएको छानविन समितिले आजदेखि छानविन थालेको हो । छानविन समितिको सदस्यमा निगमको १ नम्बर प्रादेशिक कार्यालय विराटनगरका प्राविधिक अधिकृत वीरेन्द्र मिश्र र पेट्रोलियम गुणस्तरसम्बन्धी प्रयोगशालामा कार्यरत अधिकृत शिवहरि आचार्य छन् ।

भारतमा नेपालको तुलनामा मट्टितेलको मूल्य कम रहेको छ । अझ सरकारी कोटाको मट्टितेल झनै सस्तो हुने गर्दछ । नेपाल ल्याइएको डिजेलमा भारतको सस्तो मट्टितेल मिसाइएको हुनसक्ने आशङ्का गरिएको छ ।

पूर्वी नाका काँकरभिट्टाबाट भारतको सिलिगुढी डिपो ३५ किमी टाढा रहेको छ भने चारआली डिपो १५ किमीमा छ । भारतमा इन्धन लोड गरिएपछि लगाइएको ट्याङ्करको च्याम्बरको चाबी निगमका कर्मचारीसँग मात्र हुने गर्दछ ।

चारआलीस्थित निगमको कार्यालयले नवदुर्गा आयल स्टोर्सको ट्याङ्करमा आएको डिजेलको घनत्व आठ सय १३ किलो प्रतिघनमिटर मापन गरेको थियो । जबकि त्यही तेल भारतको सिलिगुढीमा लोड गर्दा आठ सय २९ किलो प्रतिघनमिटर मापन गरिएको थियो । निगमले अढाई किलो प्रतिघनमिटरसम्मको घटबढलाई मात्र मान्यता दिने गरेको छ ।

सिलिगुढीबाट चारआली आइपुगेका चारवटै ट्याङ्करको डिजेलको घनत्व तोकिएभन्दा धेरै कम भएपछि मट्टितेल मिसावटको आशङ्का गरिएको हो । मट्टितेलको औसत घनत्व सात सय ९० किलो प्रतिघनमिटर हुने गर्दछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ७ : १९ बजे

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा

पश्चिमी वायुको प्रभावले शुक्रबारदेखि मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि देशका विभिन्न

लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६औँ चार्टर नाइट सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६ औँ चार्टर

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ

जाँचबुझ आयोगको समय २० दिन थप

काठमाडौं । नेपाल सरकारले गत भदौ २३ र २४ गतेको