७ पुस २०८२, सोमबार | December 22, 2025

प्रधानमन्त्री नजाने भएपछि एलडीसी सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ दोहा जाँदै



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नजाने भएपछि दोहा, कतारमा हुने अतिकम विकसित मुलुकहरू (एलडीसी)को सम्मेलनमा भाग लिन उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ जाने भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठलाई सम्मेलनमा भाग लिन अनुमति दिएको श्रेष्ठको सचिवालयले जनाएको छ।

सचिवालयका एक प्रतिनिधिका अनुसार १९ फागुनमा श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल दोहा जानेछ भने २३ फागुनमा स्वेदश फर्कने कार्यक्रम तय भएको छ ।

एलडीसी राष्ट्रहरूको सम्मेलन यही मार्च ५ देखि मार्च ९ सम्म कतारको दोहामा हुँदैछ । पाँचौँ राष्ट्रसंघीय सम्मेलनमा ‘सम्भावनादेखि समृद्धिसम्म’ शिर्षकमा बहस हुँदैछ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारीलगायत कारणले प्रधानमन्त्री दाहालको शुक्रबार कतार जाने कार्यक्रम अन्तिममा आएर स्थगित भए पछि सो सम्मेलनमा भाग लिन श्रेष्ठलाई पठाउने मन्त्रीपरिषदले निर्णय गरेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  २ : ५२ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८