२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म



काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा राजनीतिक दल, सरोकारवाला निकाय र नागरिक समाजसँग सुझाव मागेको छ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सिंहदरबारमा जारी सर्वदलीय बैठकमा गृह मन्त्रालयले उक्त प्रस्ताव अघि सारेको हो।

गृह मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने व्यवस्था, अन्तर–निर्वाचन क्षेत्र मतदान तथा ‘नो भोट’ को प्रावधानबारे सुझाव मागेको जानकारी गराएको छ। यी विषयलाई सम्बोधन गर्ने उद्देश्यले निर्वाचनसँग सम्बन्धित चारवटा ऐन संशोधन गर्न लागिएको पनि बैठकमा अवगत गराइएको छ।

गृह मन्त्रालयका अनुसार सम्बन्धित विधेयकको मस्यौदा तयार भइसकेको छ र त्यसलाई अझ परिमार्जन गर्न दलहरू तथा सरोकारवालाबाट सुझाव संकलन भइरहेको छ। मस्यौदामा विदेशमा रहेका नेपालीलाई मताधिकार प्रदान गर्ने, विदेशस्थित नेपाली कूटनीतिक नियोगलाई मतदान स्थलको रूपमा प्रयोग गर्न सकिने व्यवस्था समावेश गरिएको छ।

त्यसैगरी, नेपालमै रहे पनि आफ्नो नाम रहेको मतदान केन्द्रमा पुग्न नसक्ने मतदातालाई अर्को निर्वाचन क्षेत्रबाट मतदान गर्न सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। साथै, निर्वाचनमा उम्मेदवारमध्ये कसैलाई पनि मत नदिने विकल्पका रूपमा मतपत्रमा ‘नो भोट’ को प्रावधान लागू गर्ने विषयसमेत विधेयकमा समेटिएको छ।

यसअघि नीति अध्ययन प्रतिष्ठानले पनि विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा अध्ययन गरी प्रतिवेदन सरकारलाई बुझाइसकेको छ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  २ : ४९ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा