३ पुस २०८२, बिहिबार | December 19, 2025

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा भूराजनीतिक तनाव अन्त्यका लागि एकताको आह्वान



नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूराजनीतिक तनाव अन्त्यका लागि जी २० सदस्य राष्ट्र एकताबद्ध हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री मोदीले आज नयाँ दिल्लीमा आयोजित जी २० सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको बैठकमा विद्यमान भूराजनीतिक तनाव समाधान गर्न सदस्य मुलुकहरूलाई एकताबद्ध हुन अपील गरेका हुन् ।

प्रधानमन्त्री मोदीले विकास, आर्थिक लचिलोपन, वित्तीय स्थायित्व, भ्रष्टाचार, आतङ्कवाद र खाद्य तथा ऊर्जा सुरक्षाका चुनौतीको सामना गर्न विश्वले जी ट्वेन्टीलाई आशा र भरोसका कासथ हेरेको बताए ।

उनले समूहको अध्यक्षका नाताले भारतले ‘एक पृथ्वी, एक परिवार र एकै भविष्य’ समूहको आदर्श वाक्य चयन गरेको उल्लेख गर्दै यसको उद्देश्य एकता र साझेदारी भएको स्पष्ट गरे । उक्त आदर्श वाक्यले साझा उद्देश्य प्राप्तिका लागि एकजुट हुने भावना झल्काउनेमा विश्वस्त रहेको प्रधानमन्त्री मोदीले बताए ।

विश्वव्यापी विभाजनको समयमा भएको विदेशमन्त्रीहरूको बैठक भूराजनीतिक तनावबाट प्रभावित हुनु सामान्य भए पनि यो तनाव कसरी समाधान गर्ने भन्ने बारेमा हामीबीच पृथक अडान र दृष्टिकोण भए पनि एकताबद्ध भएर त्यसलाई अन्त्य गर्नेतर्फ लाग्नु श्रेयस्कर हुने अभिमत प्रधानमन्त्री मोदीले प्रकट गरे ।

बैठकका अध्यक्ष भारतीय विदेश मन्त्री एस जयशङ्करले वैश्विक दबाब र प्रणालीगत चुनौतीको सामना गर्दै बहुपक्षीयताको प्रवद्र्धनमा जोड दिए । उनले खाद्य र ऊर्जा सुरक्षा चिन्ताका विषय भएका बताउँदै तिनको दीर्घकालीन समाधान खोजिनुपर्ने विचार व्यक्त गरे । विश्व अर्थतन्त्रका लागि ती महत्वपूर्ण विषय भएकाले सोहीअनुसार व्यवहार गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ४ : ४० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको