४ पुस २०८२, शुक्रबार | December 20, 2025

आपराधिक समूहलाई कानूनी कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् आयोजनामाथि भएको आक्रमणबाट आफू दुःखी भएको बताउँदै त्यसमा संलग्न जो–कोहीलाई पनि कानूनी कारबाही गर्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले कानूनी कारबाहीका लागि तत्काल कदम चाल्ने प्रतिबद्धता जनाउँदै गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति निर्माण गर्ने बताए ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागीलाई भेट गरी यही फागुन १५ गतेका दिन सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–३ मा सीता हाइड्रोपावर प्रालिले निर्माण गरिरहेको आयोजनामाथि भएको आक्रमणका बारेमा जानकारी गराएको थियो ।

कुल ३५ मेगावाट क्षमताको न्यासिमखोला जलविद्युत् आयोजनाको निर्माणस्थलमा एक आपराधिक समूहले गरेको आगजनी, तोडफोड तथा कर्मचारीमाथिको साङ्घातिक आक्रमणमा संलग्नलाई कानूनी कारबाही गर्न इपानले माग गरेको थियो ।

विभिन्न बहानामा आयोजना प्रवर्द्धकलाई मानसिक र भौतिक भय, त्रास उत्पन्न गराएर अनुचित लाभ प्राप्त गर्न आयोजनास्थलमा आपराधिक गतिविधि शृङ्खलाबद्ध हुन थालेपछि इपानले प्रधानमन्त्रीलाई आज भेटेर यसबारेमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको सीता हाइड्रोपावर कम्पनीका कार्यकारी अध्यक्ष सीताराम तिमल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ५ : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको