१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

क्षेत्रीय विद्युत व्यापारमा ढोका खुलेको छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षेत्रीय विद्युत व्यापारमा नेपालको ढोका खुलेको बताएका छन । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले अन्तरदेशीय विद्युत् व्यापारका लागि प्रसारण लाइन निर्माणको क्रम तीब्ररूपमा अगाडि बढेको बताएका हुन ।

“ऊर्जा क्षेत्रमा सरकारको उपलब्धि लोभलाग्दो छ । प्रधानमन्त्रीका रूपमा मेरो दोस्रो कार्यकालमा देशले कहालीलाग्दो लोडसेडिङबाट मुक्ति पायो । त्यतिखेर त्यो कसैले नसोचेको विषय सम्भव भएको थियो,” प्रधानमन्त्री प्रचण्डले भने, “अब विद्युतमा पहुँच नभएको नागरिक बाँकी छैन । विद्युत उर्जाको जडित क्षमता करिब ३२ सय मेगावाट पुगेको छ भने केही महिनामैं करिब ५ सय मेगावाट थप हुने चरणमा छ । जलविद्युतमा निजी क्षेत्रको सहभागितालाई उच्च प्राथमिकतामा राखी हालसम्म करिब १० हजार मेगावाटका आयोजनाहरूसँग विद्युत खरिद सम्झौता भइसकेको छ ।”

उनले हरेक वर्ष करिब एक हजार मेगावाटको हाराहारीमा विद्युत उत्पादन क्षमता वृद्धि हुने ठाउँमा नेपाल पुगेको बताए । प्रधानमन्त्रीले सरकारी निकायबाट ठूला जलाशययुक्त र अर्धजलाशययुक्त आयोजना निर्माणको तयारी पूरा भएको जानकारी दिए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १२ : ५६ बजे

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै

सिरहाको गोलबजारमा रहेको एबी मलमा आगजनी

काठमाडौं । सिरहाको गोलबजारमा जारी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले एबी मलमा

सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता