७ पुस २०८२, सोमबार | December 22, 2025

कमल थापा भन्छन् – लोकतन्त्रको आवरणमा लुटतन्त्र हाबी भयो



हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा लोकतन्त्रको आबरणमा लुटतन्त्र हाबी भएको बताएका छन् ।

राप्रपा नेपाल मकवानपुरद्वारा हेटौंडामा आज आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले मुलुकका ठुला भनिने नेताहरु निर्लज्ज ढंगले लुट मच्चाउन लागेको आरोप लगाए ।

अरबौ भ्रष्टाचारको मुद्दाहरु एनसेल करछली, बाईडबढी, सार्बजनिक जग्गा अतिक्रमण, सुन तस्करी हुदै कोभिड भ्याक्सिनमा समेत भ्रष्टाचार गर्ने काममा ठुला भनिने नेताहरू संलग्न हुनु ब्रम्हलुटको पराकाष्ठा भएको थापाको टिप्पणी थियो । उनले बिदेशी हस्तक्षेप र प्रभाव नाङ्गो रुपमा बढेको र मुलुकको स्वाधीनता कमजोर भएकोसमेत बताए ।

राप्रपा नेपाललाई उठाउने र मुलुकको बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउने दृढता ब्यक्त गर्दै थापाले कार्यकर्ताहरुलाई उच्च मनोबलसहित अब संगठन निर्माणमा केन्द्रित हुन समेत आग्रह गरे । कार्यक्रममा बोल्दै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला र नेता गणेश थापाले पार्टी निर्माणको निमित्त सबै एकजुट भएर संगठन केन्द्रित हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  २ : ३२ बजे

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत

‘ट्रक साहित्य’कारुपमा चर्चित सवारी साधन पछाडि लेखिने कविता सायरीको सामाग्रीमाथि ट्राफिकको डण्डा

नेपालगन्ज । कुनैबेला ट्रक साहित्यकारुपमा चर्चा कमाएको सवारी साधन पछाडीका

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका