१ चैत्र २०८२, आइतबार | March 15, 2026

प्रचण्डमाथि मुद्दा लगाएर माओवादी आन्दोलनमाथि आक्रमण गरियो : बाबुराम भट्टराई



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलनमाथि आक्रमण भएको बताएका छन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबार आयोजित ‘जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी युद्धकालको विषयमा दिएको अभिव्यक्तिलाई लिएर माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालमाथि मुद्दा लगाएर माओवादी आन्दोलनमाथि नै आक्रमण गरिएको बताएका हुन् ।

माओवादी युद्धकालमा मारिएका १७ हजार जनामध्ये ५ हजारको नैतिक जिम्मेवारी लिने केही वर्षअघि प्रचण्डले दिएको सार्वजनिक  अभिव्यक्तिलाई आधारमा मानेर सर्वाेच्च अदालतमा फौजदारी मुद्दा दर्ता हुन लागेपछि डा. भट्टराईको सो अभिव्यक्ति आएको हो ।

सर्वोच्च अदालतका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भनी दरपीठ गरेको आदेशलाई न्यायाधीशद्व ईश्वर खतिवडा र न्यायाधीश हरि फुयालको संयुक्त इजलासबाट बदर गरी रिट दर्ता गर्नु भनी रजिष्ट्रारको नाममा आदेश भएको छ ।

सोही विषयलाई लिएर माओवादी केन्द्रले विज्ञप्ति जारी गरेर आपत्ति जनाउँदै न्यायिक पुनरावलोकनको सामान्य सिदान्तविपरीत र वर्तमान नेपालको संविधानले प्रदान गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता ठाडै प्रतिकुल भएको ठहर गरेको छ । प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पूर्वमाओवादीहरु एकजुट हुनुपर्ने बताइसकेका छन् ।

सोही कार्यक्रममा उनले पूर्व माओवादी एकजुट भएर प्रतिक्रियावादीलाई निस्तेज बनाउनुपर्ने बताइरहँदा डा. भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा चलाएर माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोजिएको आरोप लगाए ।

माओवादी सशस्त्र युद्धलाई अपराधीकरण गरिने वा नेताहरुमाथि मुद्दा लगाउन थालियो भने कार्यगत एकता गरेर अघि बढ्न सकिने उनको भनाइ छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ३ : ५७ बजे

साभुङ-देउराली-केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ-देउराली-केलादीघाट (कृष्ण मोटर मार्ग)

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका-१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल

किसानलाई सिँचाइको समस्या

सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ । मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र-५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च