४ पुस २०८२, शुक्रबार | December 20, 2025

बालुवाटारमा आठ राजनीतिक दलको बैठक जारी



काठमाडौं । आठ राजनीतिक दलको बैठक बैठक बसिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता समर्थक आठ दलको बैठक बसेको हो ।

बैठकमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद् विस्तार र प्रधानमन्त्रीले विश्वासको मत लिने लगायत समसामयिक राजनीतिक विषयहरुमा छलफल हुने बताइएको छ ।

राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई साझा उम्मदेवार बनाएका आठ दलले उपराष्ट्रति निर्वाचनमा जनता समाजवादी पार्टीलाई सघाउने निर्णय गरिसकेका छन् । तर, दलहरुबीच मन्त्रिपरिषद् विस्तारको विषय भने पेचिलो बनेको छ । राष्ट्रपति उपराष्ट्रपति निर्वाचन सकिएलगत्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल, महामन्त्री गगन थापा थापा सहभागी छन् । यसैगरी, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई सहभागी छन् । यस्तै, जनमत पार्टीका उपाध्यक्ष एवं मन्त्री अब्दुल खान, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताहरु सहभागी छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ४ : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको