१ चैत्र २०८२, आइतबार | March 15, 2026

सरकार बोल्यो : मुस्ताङमा विश्वविद्यालय खोल्न थालेको भन्ने कुरा तथ्यहीन र भ्रमपूर्ण



काठमाडौं । सरकारले मुस्ताङमा भारतले विश्वविद्यालय खोल्न थालेको भन्ने कुरा तथ्यहीन र भ्रमपूर्ण भएको स्पष्ट पारेको छ ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले आज एक विज्ञप्ति प्रकाशित गर्दै विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको तथा नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न पारेकी हुन् ।

कान्तिपुर दैनिकमा यससम्बन्धी समाचार प्रकाशित भएपछि एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा सरकारले विश्वविद्यालय खोल्न थालेको भन्दै अभिव्यक्ति दिएका थिए ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमुक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाईप्रति सरकारले आपत्ति समेत जनाएको छ ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासमा पत्र लेखेको भन्ने समाचार सार्वजनिक भएको सम्बन्धमा सोको अध्ययन र आवश्यक छानबिन गरी सत्य तथ्य सार्वजनिक गरिने प्रवक्ता शर्माले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अध्यक्ष ओलीले राजदूतावाससँग विश्वविद्यालय माग गरेको भन्ने गाउँपालिका भने नेकपा एमालेकै नेतृत्वमा रहेको छ । गत स्थानीयतह निर्वाचनमा एमालेका रिङजीन नामगेल गुरुङले सो गाउँपालिकाका अध्यक्षमा विजयी भएका थिए ।

‘प्रधानमन्त्री र नेपाल सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीन रूपमा यस्ता विषय श्रृंखलाबद्धरूपमा सार्वजनिक हुनु दुःखद छ । परराष्ट्र नीतिमाथि आँच पुर्‍याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन ।’ विज्ञप्तिमा भनिएको छ

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ८ : ०६ बजे

साभुङ-देउराली-केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ-देउराली-केलादीघाट (कृष्ण मोटर मार्ग)

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका-१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल

किसानलाई सिँचाइको समस्या

सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ । मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र-५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च