काठमाडौं । राष्ट्रपतिको निर्वाचनको मतगणना सुरु भएको छ ।
संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा अपरान्ह ४ बजेबाट मतगणना सुरु भएको हो ।
मतगणनाको परिणाम आजैसाँझसम्म आइपुग्ने निर्वाचन आयोगले जनाएको छ ।
यसअघि बिहान १०बजेदेखि सुरुभएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो ।
कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा छन् ।
विजयी उम्मेदवारलाई प्रमाणपत्र पनि आजै प्रदान गर्ने आयोगको तयारी छ ।



















प्रतिक्रिया