२ पुस २०८२, बुधबार | December 17, 2025

नेपाल-पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिताको आठौं संस्करण आजदेखि सुरु



काठमाडौं । नेपाल–पाकिस्तान मैत्री टी २० क्रिकेट प्रतियोगिताको आठौं संस्करण आजदेखि सुरु भएको छ ।

नौ दिनसम्म चल्ने प्रतियोगितामा यस वर्ष १२ वटा क्रिकेट टोलीको सहभागिता रहेको छ ।

पाकिस्तानी राजदूतावासद्वारा आयोजना गरिउको सो प्रतियोगिताको पूर्वउपप्रधानमन्त्री सीपी मैनालीले उद्घाटन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै श्री मैनालीले हरेक वर्ष कार्यक्रम सफलतापूर्वक आयोजना गरेकोमा दूतावासको पहलको प्रशंसा गरे । उनले दुई देशका युवालाई एकजुट बनाउन क्रिकेट र खेलकुदको सम्भावना रहेको बताए ।

कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष बिनाराज पाण्डेले विशेष अतिथिको रुपमा सहभागिता जनाएका थिए । पाण्डेले आफ्नो मन्तव्यमा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने मात्रै नभई युवाहरूका बीचमा खेलकुद गतिविधिलाई अभिवृद्धि गर्ने अवसरका रूपमा पनि यस्ता कार्यक्रम आयोजना गर्नका लागि पाकिस्तानी दूतावासको प्रयासको प्रशंसा गरे ।

पाकिस्तानी दूतावासका चार्ज डे अफेयर्स उमेर अलीले मानिसहरुलाई एकताबद्ध गर्ने र सद्भाव र टिमवर्कको भावना जगाउने मञ्चको रुपमा काम गर्ने बताए । उनले यस्तो कार्यक्रमले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने बताए । अलीले कार्यक्रम आयोजना गर्न सहयोग गर्नेहरुप्रति आभार प्रकट गरे ।

प्रतियोगिता चैत्र ४ गतेसम्म संचलन हुनेछ । प्रतियोगिताका खेलहरु नेपाली स्पोर्ट्स च्यानल “एक्शन स्पोर्ट्स“ मा प्रत्यक्ष प्रसारण गरिने बताइएको छ ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ८ : ५६ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन