१ चैत्र २०८२, आइतबार | March 15, 2026

उपराष्ट्रपतिमा जसपाबाटै २ उम्मेदवार, जनमत पार्टीले पनि उम्मेदवारी दिने



काठमाडौं। सत्तारुढ गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवारका बारेमा सहमति हुन नसक्दा तीनवटा उम्मेदवारी दर्ता हुने भएको छ ।

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकले दुईवटा पार्टीको उम्मेदवारको नाम दर्ता गर्ने निर्णय भएको हो ।

‘अहिलेलाई जनता समाजवादी पार्टी र जनमत पार्टीका उम्मेदवारको नाम दर्ता गर्ने र त्यसैमा पछि ती दुवै मध्य एक नाममा सहमति खोजेर जाने निर्णय भएको छ,’ बैठकमा सहभागि आम आदमी पार्टीका अध्यक्ष प्रभु साहले भने ।

जसपाले महिला र पुरुष दुवै उम्मेदवार उठाउने भएको छ । पुरुषतर्फ जसपाका रामसहाय यादवको नाम पहिल्यै निश्चित भैसकेको छ भने महिला उम्मेदवार पनि जसपाले चयन गर्नेछ । निर्वाचन आयोगले पुरुष उम्मेदवार अस्वीकार गरेमा महिला उम्मेदवारलाई आधिकारिक बनाउने योजना जसपाको रहेको छ । यस्तै, जनमत पार्टीकी ममता झाको उम्मेदवारी पनि दर्ता हुने भएको छ।

निर्वाचन आयोगले रामसहायको उम्मेदवारी दर्ता गर्न अस्वीकार गरेमा जसपाले अर्को नामको उम्मेदवारी दर्ता गर्ने गरी बैठक सकिएको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ११ : ३८ बजे

साभुङ-देउराली-केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ-देउराली-केलादीघाट (कृष्ण मोटर मार्ग)

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका-१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल

किसानलाई सिँचाइको समस्या

सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ । मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र-५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च