६ पुस २०८२, आइतबार | December 21, 2025

मनाङमा वर्षकै पहिलो हिमपात, तर धेरैजसो ठाउँ परेको हिउँ जमेन



लमजुङ । बुधबार मनाङको चामेमा बर्षकै पहिलो हिमपात भयो । तर नासो गाउँपालिकामा भने अहिलेसम्म हिमपात भएको छैन। फागुन अन्तिमतिर मनाङमा प्रायः हिउँ पर्दैन ।

गत असोजमै माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको माथिल्लो क्षेत्रमा परेको हिउँ जम्न पनि पाएन ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेका अनुसार यो सिजनमा सदरमुकाम चामेमा पहिलोपटक बुधवार हिमपात भयो । ‘विगतमा हिउँ परेर सडक नै अवरुद्ध भएर वारपार गर्न सकिँदैनथ्यो भन्ने सुनिन्थ्यो ।

यसवर्ष पुस माघमा हिउँ परेन । अहिले परेको हिउँ पनि सवै बिलायो,’ उनले भने । उनका अनुसार चामे गाउँपालिका–१ तिमाङ सम्ममात्रै हिमपात भयो । नासों गाउँपालिकाको मानववस्तीमा यसवर्ष हिमपात भएन । ‘अहिले चिसो कम हुँदै र तापक्रम बढ्दै गएर पनि होला । हिउँ जमेको छैन । जमिनमा भने सिँचाइ भयो’ उनले भने । बेमौसमी हिमपातले किसान भने खुशी भएका छन् ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ११ : ४८ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा