१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

तिलिचो बेसक्याम्पबाट ११ जना आन्तरिक पर्यटकको उद्दार



मनाङ । मनाङको तिलिचो तालको बेसक्याम्पमा हिमपातपछि अलपत्र परेका ११ जना आन्तरिक पर्यटकको उद्दार गरिएको छ ।

ङिस्याङ गाउँपालिका–९ स्थित तिलिचो बेसक्याम्पमा अलपत्र परेकाहरुलाई सशस्त्र प्रहरी बलले बिहान ६ बजे उद्दार गरेको हो । उद्धार गरिएकाहरुलाई सदरमुकाम चामेमा ल्याइएको छ ।

यसअघि हिमपातका कारण दुई चिनियाँ र १३ नेपालीसहित १५ जना पर्यटक बेसक्याम्पमा फसेको सूचना प्राप्त भएको थियो। तर उद्धार टोलीले दुई चिनियाँ र ११ नेपाली गरी १३ जना मात्रै फेला पारेको छ ।

उद्धार कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय, मनाङबाट उपरीक्षक टोपबहादुर डाँगीको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त फौज र चिकित्सकसहितको टोली शुक्रबार नै त्यसतर्फ पठाइएको थियो।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ९ : ५२ बजे

सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सञ्चारकर्मीमाथि समाचारका विषयलाई लिएर

कांग्रेसले बोलायो विशेष बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्ला समसामयिक घटनाक्रमबारे

बडीमालिकामा हिमपात, एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ । बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली