२ असार २०८३, मंगलबार | June 16, 2026

तिलिचो बेसक्याम्पबाट ११ जना आन्तरिक पर्यटकको उद्दार



मनाङ । मनाङको तिलिचो तालको बेसक्याम्पमा हिमपातपछि अलपत्र परेका ११ जना आन्तरिक पर्यटकको उद्दार गरिएको छ ।

ङिस्याङ गाउँपालिका–९ स्थित तिलिचो बेसक्याम्पमा अलपत्र परेकाहरुलाई सशस्त्र प्रहरी बलले बिहान ६ बजे उद्दार गरेको हो । उद्धार गरिएकाहरुलाई सदरमुकाम चामेमा ल्याइएको छ ।

यसअघि हिमपातका कारण दुई चिनियाँ र १३ नेपालीसहित १५ जना पर्यटक बेसक्याम्पमा फसेको सूचना प्राप्त भएको थियो। तर उद्धार टोलीले दुई चिनियाँ र ११ नेपाली गरी १३ जना मात्रै फेला पारेको छ ।

उद्धार कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय, मनाङबाट उपरीक्षक टोपबहादुर डाँगीको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त फौज र चिकित्सकसहितको टोली शुक्रबार नै त्यसतर्फ पठाइएको थियो।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ९ : ५२ बजे

मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको

“सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ”

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा,

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र

बाँकेका स्थानीय तहमा विपद् कोष सञ्चालन

नेपालगन्ज । बाँकेका आठ वटा स्थानीय निकायले विपद् जोखिम न्यूनीकरणका

मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ