१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

धवल पुरस्कारबाट साहित्यकार पन्थी र गैरे पुुरस्कृत



पाल्पा । धवल पुस्तकालय तानसेन पाल्पाले प्रदान गर्दै आएको धवल दीर्घ साधना पुरस्कार वरिष्ठ साहित्यकार शशि पन्थी र धवल सिर्जना पुरस्कार कृष्ण उपन्यासका लेखक डा शङ्करप्रसाद गैरेलाई अर्पण गरिएको छ । सो पुरस्कारको राशी नगद रु २५ हजारसहित सम्मानपत्र रहेको छ ।

सांसद ठाकुरप्रसाद गैरे, सो पुस्तकालयका अध्यक्ष युवराज पौडेल, महासचिव राजेशकुमार अर्याललगायतले शनिबार आयोजित कार्यक्रममा संयुक्त रुपमा साहित्यकारद्वयलाई पुरस्कार प्रदान गरे । सो अवसरमा पुस्तकालयको उन्ननयमा अतुलनीय योगदान दिनुभएका शिक्षाविद् बुद्धिप्रसाद शर्मा र पुस्तकालयमा कार्यरत द्वारिकाप्रसाद शर्मालाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

कार्यक्रममा सांसद गैरेले धवल पुस्तकालय नेपालकै पुरानै पुस्तकालय भएकाले युग सुहाउँदोरूपमा आधुनिकीकरण गर्दै पूर्णरूपमा ‘डिजिटल’ पुस्कालय निर्माण गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । सो पुस्तकालयले विसं २०७७ देखि ती पुरस्कार प्रदान गर्न सुरुआत गरेको थियो । सो वर्ष दीर्घसाधना पुरस्कारबाट साहित्यकार नीलकण्ठ न्यौपाने र सिर्जना पुरस्कारबाट निर्मलप्रसाद श्रेष्ठलाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ८ : २८ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व