२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

कुशल भुर्तेल आउट, दबाबमा नेपाल



काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा यूएईविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेल आउट भएका छन् । आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाएलगत्तै उनी आउट भएका हुन् ।

१६ ओभरको तेस्रो बलमा जुनैद सिद्दकीले अफस्टम्पमा फ्याकेको बललाई कुशलले कभर बाउन्ड्रीको दिशा देखाउने प्रयास गरेका थिए । तर, ब्याटको धार लागेर विकेटकिपरबाट क्याचआउट भए ।

कुशलले ३५ बलमा ५० रन बनाए । जसमा ४ छक्का र ३ चौका समावेश थिए । कुशलको विकेटले नेपाल चरम दबाबमा परेको छ । अहिले भीम सार्की र आरिफ शेख क्रिजमा छन् ।

कुशलले रनरेटलाई काबुमा राखेर ब्याटिङ गरिरहेका थिए । उनी आउट भएपछि यूएईका बलरहरुले नेपालमाथि थप दबाब बढाउनेछन् ।

 

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ३ : १४ बजे

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम