२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

‘प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो’



काठमाडौं । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशिष्ट अतिथि कक्षतर्फ पुग्दै गर्दा दर्शकहरूले समवेत स्वरमा भने, “प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो ।”

दर्शकहरूले क्रिकेट हेर्न कीर्तिपुर पुगेका राष्टियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महत, नेकपा (एमाले) नेता रघुजी पन्त, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीदेखि कांग्रेस नेता प्रदीप पौडेलसम्म अट्ने रङ्गशाला चाहिएको अनुरोध गरे । प्रधानमन्त्री दाहालसँगै भरतपुर महानगर प्रमुख रेणु दाहाललाई पनि देखेपछि दर्शकहरूले फेरि भन्न थाले, “दिदी, रङ्गशाला चाहियो ।”

नेपाली क्रिकेट इतिहासकै महत्त्वपूर्ण जित हासिल भएको आजको खेलमा नेपाल विरुद्ध कुनै देशले बनाएको सबैभन्दा ठूलो योगफलमात्र होइन दर्शकको उपस्थिति पनि ऐतिहासिक भन्न लायक थियो ।

आयोजकहरूका अनुसार ११ हजार वटा टिकट बिक्री अघिल्लो दिन नै भएको थियो । तर टिकट किन्नेमध्ये धेरैले भित्र पस्न पाएनन् । टिकट खरिदकर्ता र सञ्चार माध्यमलाई प्रवेशका लागि तोकिएको ६ नम्बर गेटमा खेल सुरु हुँदा नहुँदै अत्यधिक चाप भएपछि प्रहरीले गेट नै बन्द गरिदिएको थियो । परिणामस्वरूप धेरै क्रिकेट प्रेमीहरू रङ्गशाला वरिपरिका अग्ला स्थान र रुखमा समेत चढन बाध्य भएका थिए । सँगैको आयुर्वेद विभागको छतसमेत पूरै भरिएको थियो । भिड बढदै गएपछि प्रहरीले बलपूवर्क पाखा लगाएको थियो । त्यसपछि त्यहाँ केही बेर नाराबाजीसमेत भयो ।

“यो अवस्थाले कीर्तिपुर रङ्गशालाको संरचनालाई जतिसक्दो ठूलो बनाउनुपर्ने देखियो”, त्यहाँ खेल हेर्न पुगेका नेपाली कांग्रेसका नेता प्रदीप पौडलले भने।

खेलमा जीतसँगै नेपाल विश्वकप छनोट चरणमा पुगेको छ । तर देशमा हालसम्म एउटा पनि अन्तर्राष्ट्रियस्तरको रङ्गशाला छैन भन्नुपरेको नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरू बताउँछन् । “एउटा भन्नु त्यही त्रिवि रङ्गशाला छ जहाँ प्यारापिट छैन, राति र दिनमा पनि खेलाउन सकिने फ्लड लाइटहरू छैनन् र चाहे जति दर्शकलाई खेल देखाउन पनि सक्दैनौँ”, क्यानका सचिव दीर्घराज पाठकले भने । उनका अनुसार अहिलेको रङ्गशालामा थोरै सुधार गर्ने हो भने पनि झण्डै २० हजार दर्शक अटाउन सक्छन् । आज भने ११ हजार टिकट मात्र बिक्री गरिएको उनले बताए ।

क्यानले यसबारे सरकारलाई धेरै पटक ध्यानाकर्षण गराइसकेको जानकारी पनि पाठकले दिए । “स्रोतको अभावका कारण चाहेर पनि धेरै गर्ने सक्ने अवस्था छैन । अर्कोतर्फ त्रिविको स्वामित्व भएको जमिनमा केही गर्न उसको पनि सहमति चाहिन्छ”, उनको भनाइ छ ।

त्रिविबाहेक उपत्यकामा मूलपानी लगायतका स्थानमा रंगशाला र बाहिरका रङ्गशालालाई पूर्ण क्षमतामा चलाउन नसक्दासम्म नेपाली क्रिकेटको व्यवस्थापन राम्रो हुन नसक्ने बताइएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ९ : ३२ बजे

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम