६ पुस २०८२, आइतबार | December 21, 2025

उपराष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान नगर्ने



काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

मतदानका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।

उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव उम्मेदवार छन् ।

निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले भने मतदानमा भाग नलिने जनाएका छन् । राप्रपाले गएको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपराष्ट्रपति निर्वाचनमा मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो ।

राप्रपाबाट प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सांसद छन् । उनीहरूको कुल मतभार दुई हजार ४५० हुन्छ । राप्रपा गएको राष्ट्रपति निर्वाचनमा पनि तटस्थ बसेको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ७ : २५ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको