७ भदौ २०८३, आइतबार | August 23, 2026

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ खरिद–बिक्री ?



काठमाडौं । नेपाली बजारमा सुनको ५०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई सय रुपैयाँ मात्र कम हो।

यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यता तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।  सोमबार भने तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

सोमबार प्रतितोला ७०० रुपैयाँ घटेको सुनको मूल्य आज फेरि प्रतितोला पाँच सय रुपैयाँ बढेको छ। साथै आइतबार सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम गर्न सफल भएको थियो। सो दिन सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ९०० रुपैयाँ बढेर प्रतितोला मूल्य १ लाख १० हजार रुपैयाँ पुग्यो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला १३ सय ३० रुपैयाँमा किनबेच भएको थियो। सोमबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  १२ : ०३ बजे

न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानन्यायाधीश

दमौली । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय सम्पादनमा बार र

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण

सभापति लामिछानेको चीन भ्रमण स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

बाँके । लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा

विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट