७ पुस २०८२, सोमबार | December 22, 2025

प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी



काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उनी सहभागी कार्यक्रममा नाराबाजी भएको छ ।

मंगलबार थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजित सार्वजनिक समारोहमा तीन युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।

एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेकोमा कुरा राख्न खोज्दा प्रहरीले ती युवालाई पक्रिन खोजेपछि उनी विरोधमा उत्रिएका हुन् ।

उनले ‘आतंककारी प्रचण्ड मुर्दावाद’ भन्दै नारा लगाएका थिए । त्यसबीचमा अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए ।

त्यहीबीच अर्का युवाले पनि नारा लगाएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ५ : १० बजे

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको