४ पुस २०८२, शुक्रबार | December 20, 2025

सत्तारुढ गठबन्धनको बैठक :’अयोग्य लडाकुलाई दुई लाखका दरले रकम दिने निर्णय भएको छैन’



काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत सत्तागठबन्धन दलबीच सरकार विस्तारबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आजको बसेको बैठकमा दलबीच मन्त्रिपरिषद्लगायत समसामयिक विषयमा छलफल भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए ।

“समसामयिक राजनीतिक परिस्थितिका बारेमा सत्तागठबन्धनका केही नेता बसेका हौँ, आज सरकार विस्तार गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ, चाँडोभन्दा चाँडो सरकारलाई पूर्णता दिने विषयमै बैठक केन्द्रित भएको हो ।”उनले भने ।

उनले माओवादीका अयोग्य लडाकुलाई दुई लाखका दरले रकम दिने भन्ने विषयमा प्रधानमन्त्रीले त्यस्तो निर्णय नगरेको प्रष्ट पारे । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी भएका थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  १० : ०४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको