१ चैत्र २०८२, आइतबार | March 15, 2026

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८



काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । यसअघि सार्वजनिक प्रारम्भिक विवरणमा दुई करोड ९१ लाख ९२ हजार ४८० थियो । केन्द्रीय तथ्यांक विभागले शुक्रबार अन्तिम नतिजा सार्वजनिक गर्दै प्रारम्भिकभन्दा केही कम रहेको जनाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोल्टी होटलमा आयोजित एक कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । नेपालको १२ औं चरणको जनगणना २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म गरिएको थियो । २०७८ मंसिर ९ गते मध्याह्न १२ बजेसम्म उक्त जनसंख्या नेपालमा रहेको बताइएको छ ।

गएको १० वर्षमा २७ लाखले नेपालीको जनसंख्या बढेको बताइएको छ । पुरुषभन्दा महिला ६ लाख ५० हजार बढी रहेको बताइएको छ। जनसंख्या बृद्धिदर विकसित मुलुककै दाँजोमा रहेको बताइएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ  । जसअनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ ।

पहिलोपटक अन्य लिंगीको समेत गणना भएको छ । कुल जनसंख्यामध्ये अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या २ हजार ९२८ देखिएको छ जुन कुल जनसंख्याको ०.०१ प्रतिशत हो ।

जनसंख्या वृद्धिदर ० दशमलव ९२ प्रतिशत प्रतिवर्ष रहेको बताइएको छ । सबैभन्दा धेरै २० प्रतिशतभन्दा कम क्षेत्र ओगट्ने तराईमा ५४ प्रतिशत जनसंख्या रहेको बताइएको छ । यसैगरी पहाडमा ४० र र हिमालमा ६ प्रतिशतको बसोबास रहेको छ । हिमाल र पहाडमा जनसंख्या घटेको पाइएको छ भने तराईमा बढेको छ ।

 

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  १२ : ४९ बजे

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ । सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

काठमाडौं । गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय