४ पुस २०८२, शुक्रबार | December 20, 2025

संघीयता असफल भैसक्यो, प्रदेश खारेज गरौ- राजमो



बुटवल । राष्ट्रिय जनमोर्चा संघीयताविरुद्व देशभर विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय जनमोर्चाले शुरुदेखि संघीयताको विरोध गर्दै आएको छ ।

संघीयता विरुद्वको आन्दोलनलाई देशव्यापी रुपमा थप शसक्त बनाउनका लागि सोमबार देशभर विरोध प्रदर्शन गरिएको सो पार्टीका नेताहरुले बताएका छन् ।

सोमबार रुपन्देहीको बुटवलमा संघीयता खारेज, मंहगी र भ्रष्टाचार विरुद्व राष्ट्रिय जनमोर्चाले प्रदर्शन गरेको हो । विभिन्न नारासहित बुटवलको बसपार्कबाट जुलुस निकालिएको थियो । जुलुसपछि बुटवलमा आयोजित सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका सल्लाहाकार तथा रुपन्देही अध्यक्ष बद्रे आलमले संघीयता असफल भैसकेको बताउंदै अब प्रदेश खारेज गर्नुको विकल्प नरहेको बताए ।

संघीयता विरुद्दको आन्दोलनमा सहभागी हुन सबैलाई आह्वान गर्दै नेता आलमले भने- संघीयता खारेज नभए देश थप संकटमा पर्छ, आम नेपाली जनता संघीयताको विपक्षमा छन् ।

महंगी, भ्रष्टाचार र कालोबजारीले कम आयश्रोत भएका जनतालाई सांझ विहानको छाक टार्न समस्या भएकाले दवावमूलक आन्दोलन आवश्यक भएको उनले बताए ।

राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य रामकुमार क्षेत्रीले संघीयताले देश आर्थिक रुपले संकटमा परेको बताउंदै संघीय प्रणाली आफैमा बेठिक नभएपनि नेपालको हकमा संघीयता आवश्यक नभएको बताए ।

रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढाले भौगोलिक रुपमा सानो देश नेपालले आर्थिक रुपमा संघीयता थेग्न नसक्ने बताउंदै प्रदेश खारेज गर्नुको कुनै विकल्प नभएको बताए ।

हालै सम्पन्न राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद् बैठकले यहि चैत १० देखि १५ गतेसम्म संघीयताको विरोधमा देशव्यापी कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनसार राष्ट्रिय जनमोर्चाले देशभर संघीयता खारेजी, मंहगी र भ्रष्टाचार विरुद्व राष्ट्रिय जनमोर्चाले प्रदर्शन गरेको हो ।

इन्द्रिरा अर्यालको अध्यक्षता र रुपन्देही सचिव टानबहादर केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ७ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको