काठमाडौं । महोत्तरीबाट हिँडेर काठमाडौं आएका मिटरव्याज पीडिटहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक एवं पूर्वगृहमन्त्री रवि लामिछानेले भेट गरेका छन् ।
खुलामञ्चबाहिरै रात बिताएका पीडितहरु आफ्ना कुरा सुनाउन प्रधानमन्त्री निवास बालुवाटार जाँदै गर्दा टंगालमा रोकिएपछि रविले उनीहरुलाई त्यहीँ भेट गरेका छन् । उनले मिटरब्याज पीडितहरुको साथमा रहेको बताएका छन् ।
प्रहरीले प्रधानमन्त्री निवासमा पुग्न नदिन टंगालबाटै निषेधित क्षेत्र बनाएको थियो । निषेधित क्षेत्रमा रोकेपछि पीडितहरुले टंगालमै प्रदर्शन गरेका छन् । उनीहरुले तमसुक व्यस्था खारेज गर, मिटरब्याजीलाई कारबाही गर, जफत गरिएको सम्पत्ति फिर्ता गर जस्ता ना लगाएका छन् ।



















प्रतिक्रिया