१ चैत्र २०८२, आइतबार | March 16, 2026

मिटरब्याजलाई अपराध घोषणा गर्न मुलुकी संहिता संशोधन गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले मिटरब्याजलाई अपराध घोषणा गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध घोषणा गरी मुलुकी अपराध संहितामा संशोधन गर्ने निर्णय गरेको हो ।

कानुन संशोधन गरी मिटरब्याजलाई अपराध घोषणा गरेर कानुनी दायरामा ल्याउनका लागि मुलुकी अपराध संहितामा संशोधन प्रक्रिया अघि बढाउने निर्णय भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

कानुन संशोधन भएसँगै मिटरब्याजीमाथि अपराध अनुसन्धान गरी सरकारवादी मुद्दा चलाउने बाटो खुल्नेछ ।

काठमाडौंमा अहिले महोत्तरीका मिटरब्याजी पीडितहरुको प्रदर्शन जारी रहेको छ । महोत्तरीबाट १९ दिन हिँडेर काठमाडौं आइपुगेका उनीहरु आज प्रधानमन्त्री निवास घेराउ गर्न टंगाल पुगेका थिए । प्रहरीले निषेधित क्षेत्रमा रोकेपछि उनीहरु माइतीघरमण्डला पुगेर प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ६ : ०१ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन