३ पुस २०८२, बिहिबार | December 19, 2025

राईड टु रानीमहल सिजन ३ चैत १७ र १८ गते



बुटवल । राईड टु रानीमहल सिजन ३ हुने भएको छ । जिल्ला साईकिलिङ संघ रुपन्देहीको आयोजनामा राईड टु रानीमहल सिजन ३ चैत १७ र १८ गते हुने भएको हो । साईकिलिङ संघ रुपन्देहीले मंगलबार बुटवलको जितगढी किल्लामा पत्रकार सम्मेलन गरि राईड टु रानीमहल सिजन ३ को जानकारी दिएको हो ।

साईकल चलाऔ, आन्तरिक पर्यटन प्रवर्द्धन गरौ भन्ने नाराका साथ राईड टु रानिमहल कार्यक्रम गर्न लागेको जिल्ला साईकलिङ संघ रुपन्देही अध्यक्ष पुकार थापाले पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।

२०७८ मा कोरोनाले रोकिएको कार्यक्रम तेस्रो सस्करण २०७९ मा गर्न लागिएको बताउदै उनले १७ गते शुक्रबार बिहान ७ बजे औपचारिक कार्यक्रम शुरु गरि ८ बजे जितगढीबाट हिड्ने बताए ।

काठमाडौ, लमजुङ, हेटौडा, धरान, बाके, दाङ, रुपन्देही लगायतका जिल्लाबाट ९५ जना साईकलिस्टहरुको सहभागीता रहने अध्यक्ष थापाले जानकारी दिए । उनले राइड टु रानिमहलमा सहभागीगरुलाई ईन्ट्री फि २५ सय राखिएको बताउदै सोही रकमबाट प्रति ब्यक्ती २ लाखको दुर्घटना बिमा गरिएको पनि जानकारी दिए । करिब १२० किलोमिटर लामो कार्यक्रम सञ्चालन गर्न साढे ५ लाख खर्च अनुमान गरिएको अध्यक्ष थापाले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश खेलकुद बिकास परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराईले खेल, स्वास्थ्य र पर्यटन संग जोडिएको बताउदै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए । उनले यो वर्ष छोटो समयमा जानकारी पाएको बताउदै अर्को वर्ष देखि प्रदेशको तर्फबाट आर्थिक सहयोगका लागि पहल गर्ने बताए । उनले शुरक्षाको बारेमा ध्यान दिन आग्रह गरे ।

जिल्ला खेलकुद बिकास समिति रुपन्देही अध्यक्ष हरि क्षेत्रीले पर्यटनसंग जोडेर हुन लागेको कार्यक्रम सफल बनाउन आवश्यक रहेको बताए । उनले वार्षिक रुपमा योजना ल्याएमा कार्यक्रमको लागि बजेटको ब्यवस्थापन गर्न सकिने बताए ।

राईड टु रानिमहलमा पुष्कर शाह विश्व साइकलयात्री प्रमुख आकर्षकको रुपमा रहेको कार्यक्रम सम्योजक रिन्जी थापाले जानकारी दिइन । कार्यक्रममा रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, नेपाल पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष विश्वास ढकाल, साईकलिङ संघ रुपन्देही रुपन्देही सचिव अशोक राई लगायतले बोलेका थिए ।

पत्रकार सम्मेलनमा टिसर्ट सार्वजनिक समेत गरिएको थियो । प्रदेश खेलकुद बिकास परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराई, जिल्ला खेलकुद बिकास समिति रुपन्देही अध्यक्ष हरि क्षेत्री, साईकलिङ संघ रुपन्देही अध्यक्ष पुकार थापा, रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, नेपाल पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष विश्वास ढकाल, साईकलिङ संघ रुपन्देही रुपन्देही सचिव अशोक राई, कार्यक्रम सम्योजक रिन्जी थापाले संयुक्त रुपमा टिसर्ट सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ७ : ५० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको