४ पुस २०८२, शुक्रबार | December 19, 2025

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रालय भागबन्डाबारे छलफल हुने



काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । हिजो साँझ बसेको बैठक विनानिष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो ।

बिहान ९ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने जनाइएको छ । मंगलबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रस्तुत गरेका थिए ।

मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भए पनि कुनै सहमति हुन सकेको थिएन ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई ७, माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टी २-२, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई १-१ तथा स्वतन्त्र सांसदलाई १ मन्त्रालय दिने प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्रीको प्रस्तावमाथि छलफल नभइ दलहरुले आ-आफ्नो दाबी प्रस्तुत गरेका नेताहरुले जनाएका छन् । स्रोतका अनुसार मंगलबारको बैठकमा नेपाली कांग्रेसले ९, एकीकृत समाजवादी र जसपाले ३-३ र लोसपाले २ मन्त्रालयमा दाबी गरेका छन् । मंगलबार बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी भने सहभागी भएको थिएन ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ७ : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको