२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

राईड टु रानीमहल सिजन ३ सुरु



बुटवल । राईड टु रानीमहल सिजन ३ को यात्रा बुटवलको जितगढी किल्लाबाट शुक्रबार बिहान सुरु भएको छ ।

जिल्ला साईकिलिङ संघ रुपन्देहीको आयोजनामा जितगढी किल्लादेखि सुरुभई पाल्पाको ऐतिहासिक स्थल  रानीमहलसम्म हुने यात्राको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले शुभारम्भ गरे ।

यात्राको शुभारम्भ गर्दै भट्टराईले खेलकूदको माध्यमबाट यस क्षेत्रका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने काम भएकाले खेलकूद परिषदको आवश्यक सहयोग र समर्थन रहने उल्लेख गरे ।

जिल्ला खेलकूद बिकास समिति रुपन्देही अध्यक्ष हरि क्षेत्रीले पर्यटनसँग जोडेर हुन लागेको कार्यक्रम सफल बनाउन आवश्यक रहेको बताए । उनले वार्षिक रुपमा योजना ल्याएमा कार्यक्रमको लागि बजेटको ब्यवस्थापन गर्न सकिने बताए ।

साईकल चलाऔ, आन्तरिक पर्यटन प्रवर्द्धन गरौ भन्ने नाराका साथ राईड टु रानिमहल कार्यक्रम आयोजना गरिएको जिल्ला साईकिल संघ रुपन्देही अध्यक्ष पुकार थापाले जानकारी दिए ।काठमाडौ, लमजुङ, हेटौडा, धरान, बाके, दाङ, रुपन्देही लगायतका जिल्लाबाट १२० बढी साईक्लिस्टहरुको सहभागीता रहेको अध्यक्ष थापाले जानकारी दिए ।

बुटवलको जितगढीबाट सुरु भएको यात्रा सिद्धार्थ राजमार्ग हुँदै ऐतिहासिक तथा पर्यटकीय स्थल पाल्पाको तानसेनमा पुगेर नगर परिक्रमा गर्दै रानीमलतर्फ लाग्ने छ । रानीमहलको एक रात बसाईपछि पुन बुटवलमै आएर यात्राको समापन गरिने आयोजकले जनाएको छ ।  रानीमहल बसाईका क्रममा विभिन्न प्रतियोगिताहरु गराउनुका साथै रानीमहलका ऐतिहासिकता बारे जानकारी गराइने बताइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  १० : ३१ बजे

समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट, ३ दिनभित्र उम्मेदवारको नाम दिन आयोगको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र