८ पुस २०८२, मंगलबार | December 23, 2025

मिटरब्याज पीडित र सरकारबीच पाँच बुँदे सहमति



काठमाडौं । महोत्तरीको बर्दिबासबाट ११ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडित र सरकारबीच पाँच बुँदे सहमति भएको छ ।

शनिबार बसेको बैठकमा पाँच बुँदे सहमति भएको गृह मन्त्रालयका सहप्रवक्ता एवं‌ उपसचिव दिलकुमार तामाङले बताए ।

यस अघि गृह मन्त्रालयका सहसचिव भीष्मकुमार भुसालको संयोजकत्वमा बनेको कार्यदलले गरेको सिफारिसलाई प्रभावकारी कार्यान्वयन गर्ने सहमतिसहित पाँच बुँदे सहमति भएको हो ।

यस्तै मिटरब्याज पीडितका समस्या सम्बोधन गर्न अब बस्ने पहिलो मन्त्रिपरिषदको बैठकबाट नै आयोग गठन गर्न सिफारिस गर्ने सहमति भएको छ।

मिटरब्याजीहरुले निरक्षर, गरिब तथा आर्थिक रुपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरुसँग उच्च ब्याजदरमा ऋण असुल्ने, वास्तविक लेनदेनभन्दा बढीको तमसुक र कागजात बनाउने, ऋणीको जायजेथा आफ्नो कब्जामा लिने तथा ऋणको दुष्चक्रमा फसाई विभिन्न ढंगले शोषण समेत गर्ने गरेको गुनासो रहेकोले मिटरब्याज पीडितका समस्या सम्बोधनको लागि यो सहमति भए पश्चात बस्ने नेपाल सरकार, मन्त्रिपरिषद्को पहिलो बैठकबाट जाँचबुझ आयोग ऐन, २०२६ वमोजिमको आयोग गठन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने सहमतिमा उल्लेख छ ।

यस्तै पीडितका नियमित उजुरी तथा गुनासोलाई सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारीको सं‌योजकत्वमा जिल्लाका प्रहरी, सरकारी वकिल, नापी कार्यालय प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रतसनसध र मिटरब्याज पीडितको प्रतिनिधि राख्ने र  जिल्लास्तरीय समन्वय र सहजीकरण समिति गठन गर्न सरकार समक्ष सिफारिस गर्ने सहमति भएको छ । यससँगै पीडितहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिने भएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ९ : ०६ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस

सरकारी टोलीद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण

ललितपुर । उद्योग, वाणिज्य तथा आपूर्तिस कानुन, न्याय तथा संसदीय

सरकारी टोलीद्वारा पेरिसडाँडास्थित नेकपाको कार्यालयमा अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो