१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

सरकारी टोलीद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण



ललितपुर । उद्योग, वाणिज्य तथा आपूर्तिस कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजयभद्र खनालसहितको टोलीले नेपाली कांग्रेसको क्षतिग्रस्त केन्द्रीय कार्यालयको निरीक्षण गरेको छ ।

निरीक्षणपछि मन्त्री सिन्हाले विभिन्न कालखण्डमा राजनीतिक निकास निकालेको नेपाली कांग्रेसले वर्तमान परिस्थितिमा पनि देशलाई निकास दिन पहल गर्नुपर्नेमा जोड दिए ।

“दलहरू पनि देशलाई राजनीतिक निकास दिनेतर्फ लाग्नुपर्छ, अहिले देश सङ्कटमा छ, हामीले सहमति गर्ने हो, हामी निर्वाचनमा केन्द्रित भइसकेका छौँ, सरकारले के कस्तो वातावरण बनाउनुपर्छ, राजनीतिक दलको अपेक्षा र सुझाव पनि सरकारलाई आवश्यक छ”, मन्त्री सिन्हाले भने ।

मन्त्री खरेलले प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाएको उल्लेख गर्दै सरकार र प्रमुख राजनीतिक दलबीच संवाद जारी राखेको बताए ।

उनले भने, “सरकारले बोलाएको वार्तामा सहभागी भएर नेपाली कांग्रेसले सहयोग गरिरहेको छ, चुनावलाई कसरी निष्पक्ष बनाउन सकिन्छ भनेर हामीले सबै राजनीतिक दलसँग छलफल गरिरहेका छौँ । चुनावको वातावरण बनाउन सरकारले हरसम्भव प्रयास गरिरहेको छ । का निम्ति विश्वसनीय वातावरण पनि बनाउँछ ।” निर्वाचनको वातावरण बनाउन सरकारले सरोकार भएका सबै पक्षसँग वार्ता गरिरहेको मन्त्री खरेलको कथन थियो ।

मन्त्री खरेलले जेनजी आन्दोलनमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री सुशीला कार्कीको चाहनाअनुसार पार्टी कार्यंलय भवन कसरी पुनर्निर्माण भइरहेको छ भन्ने जानकारी लिन आफूहरू आएको बताए ।

मन्त्रीद्वयलाई स्वागत गर्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचन निष्पक्ष हुनुपर्नेमा जोड दिए । उनले भने, “हामी सबै मिलेर निर्वाचनमा जानुपर्छ । सबै दलको दृष्टि चुनावमा हुनुपर्छ ।”

टोलीलाई सहमहामन्त्री बद्रीप्रसाद पाण्डे, कोषाध्यक्ष उमेश श्रेष्ठ, भीष्मराज आङ्दम्बे, महालक्ष्मी उपाध्याय, पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललगायत पदाधिकारीले आन्दोलनमा भएको क्षतिबारे जानकारी दिएका थिए ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ३ : १९ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित