६ पुस २०८२, आइतबार | December 21, 2025

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा लुम्बिनीमा महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता हुने



बुटवल । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा लुम्बिनीमा महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता हुने भएको छ ।

शान्ति र समृद्धिका लागि खेलकुद भन्ने नाराका साथ मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा लुम्बिनी पीस ओपन महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता तथा राष्ट्रिय भेला हुने भएको हो ।

शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिइएको थियो । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उदघाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

लुम्बिनी पीस ओपन महिला तथा पुरुष हाफ म्याराथुन प्रतियोगिता लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सभा हल तथा मेडिटेसन सेन्टरमा हुनेछ । हाफ म्याराथनको दूरी २१ किलोमिटर हुनेछ । प्रतियोगितामा सहभागी हुन चाहनेहरुले २० चैतसम्म दर्ता गर्नुपर्ने आयोजकले बताएको छ ।

म्याराथन प्रतियोगितामा जिल्ला बाहिरका सहभागी खेलाडिलाई आवासको व्यवस्था गरिएको एकेडेमीका अध्यक्ष धुब्र आचार्यले बताए । म्याराथनतर्फ प्रथम हुने पुरुषले एक लाख ५० हजार, द्वितीय हुनेले ७५ हजार, तृतीय हुनेले ५० हजार, चौथो हुनेले ३० हजार प्राप्त गर्नेछन् ।

त्यसैगरी पाँचौ हुनेलाई २० हजार, छैंठौ हुनेलाई १० हजार, सातौं हुनेलाई ७ हजार, आठौं हुनेलाई पाँच हजार, नवौं र दशौं हुनेलाई पाँच-पाँच हजार दिने उनले बताए ।

त्यसैगरी महिलातर्फ प्रथम हुनेलाई १ लाख ५१ हजार प्राप्त गर्नेछन् । त्यसैगरी द्वितीय हुनेलाई ७५ हजार, तृतीय हुनेलाई ५० हजार, चौथो हुनेलाई ३० हजार, पाँचौ हुनेलाई २० हजार, छैठौं हुनेलाई १० हजार, सातौं हुनेलाई ७ हजार, आठौ, नवौ र दशौं हुनेलाई पाँच-पाँच हजार दिने आयोजकको भनाइ छ ।

प्रतियोगितामा सयौँको सहभागिता रहने आचार्यको भनाइ छ । २०६६ पुस १७ गते स्थापना भएको मदन भण्डारी स्पोर्टस एकेडेमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिता र खेल गतिविधि गर्दै आएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ९ : ३८ बजे

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा