२९ मंसिर २०८२, सोमबार | December 15, 2025

२८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले २८ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

ट्रेजरी बिल २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि जारी गर्न लागेको हो । उक्त ट्रेजरी मंगलबार जारी हुनेछ भने आज दिउँसो ३ बजे यस ट्रेजरी बिलका लागि बोलकबोल हुनेछ ।

केन्द्रीय बैंकका अनुसार २८ दिनको लागि ४ अर्बको ट्रेजरी बिल जारी गर्ने र उक्त ट्रेजरी २०८० वैशाख १९ गते परिपक्व हुने छ।

यता ९१ दिनको लागि पनि ७ अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० असार १९ गते परिपक्व हुनेछ ।

उक्त ट्रेजरी बिल १८२ दिनका लागि ५३ करोड रुपैयाँका ट्रेजरी बिल जारी गर्ने र २०८० असोज १६ गते परिपक्व हुनेछ ।

यसैगरी ३६४ दिन अर्थात् एक वर्षको लागि ११ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने र यो ट्रेजरी २०८० चैत २० गते परिपक्व हुने बैंकले जानाएको छ ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  १ : ३९ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले