४ पुस २०८२, शुक्रबार | December 20, 2025

दुई बर्ष पछि लाम्पार्ड फेरी चेल्सीको व्यवस्थापकीय जिम्मेवारीमा



काठमाडौं । बिहीबार देखी फ्रायन्क लाम्पार्ड इंग्लिस प्रिमियर लिग क्लब चेल्सीको व्यवस्थापकका रूपमा फर्केका छन् । दुई वर्षअघि बर्खास्तीमा परेर बाहिरिएका लाम्पार्डलाई फेरि चेल्सीको व्यवस्थापकीय भूमिकामा फर्काइएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार केही समय अघि मात्र ग्राहम पोटरलाई बर्खास्त गरेको चेल्सीले दुई बर्ष अघि बर्खास्त गरेका लाम्पार्डलाई फेरि क्लबमा फिर्ता बोलाएको बिषयलाई आश्चर्यजनक घटनाको रुपमा लिईएको छ ।

उनलाई बर्खास्त गरेयता चेल्सीले यसबिचमा दुई जनालाई ब्यवस्थापकीय जिम्मेवारी दिएको थियो । लाम्पार्ड बर्खास्तमा परे पछि चेल्सीले थोमस टुचेल व्यवस्थापकी जिम्मेवारी दिएको थियो । त्यसवाट पनि असन्तुष्ट रहेको चेल्सीले टुचेललाई पनि बर्खास्त गरेर पोटरले सो अवसर दिएको थियो ।

तर, केही समय अघि पोटर पनि बर्खास्तीमा परे पछि चेल्सीले लाम्पार्ड छोटो समयका लागि व्यवस्थापकीय जिम्मेवारीमा ल्याएको हो । उनी यस सिजनको अन्त्यसम्म रहने गरी चेल्सीले सम्झौता गरेको जनाईएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ७ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको