७ श्रावण २०८३, बिहिबार | July 23, 2026

प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान



काठमाडौं । इंग्लिस प्रिमियर लिगको साबिक बिजेता क्लब म्यानचेस्टर सिटीले अर्को हारको कीर्तिमान लेखाएको छ । जारी सिजनको प्रिमियर लिग चलिरहँदा हारको कीर्तिमान रचेको सिटी शनिबार राति एस्टन भिल्लासँग हारेको हो ।

१७ खेलमा नवौं पटक पराजित हुँदा भिल्लाले सिटीलाई २-१ गोलले हरायो । खेलको १६ मिनेटमै भिल्लाले सिटीलाई गोल हानेको थियो । भिल्लाका डुरानको गोलबाट अग्रता लिएको भिल्लाका लागि अर्को गोल रोगेर्सले ६५ मिनेटमा थपेका थिए ।

सिटीका फोडेनले खेलको इन्ज्युरी समयमा गोल गरे पनि हार टार्न सिटीले सकेन । यो जितसँग भिल्ला १७ खेलमा २८ अंकसहित लिगको पाँचौं स्थानमा छ । सिटी समान खेलमा २७ अंकसहित छैटौं स्थानमा छ ।

लिगको तेस्रो स्थानमा रहेको आर्सनलले शनिबार राति नै क्रिस्टल प्यालेसलाई ५-१ गोलले पराजित गरेको छ । अरू खेलमा न्युक्यासलले इप्स्वीचलाई र नटांघटम फरेस्टले ब्रेनफोर्डलाई पराजित गरेको छ ।

वेस्टह्याम र ब्राइटन १-१ गोल बराबरीमा रोकिएका छन् ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ७ : ४० बजे

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका