१४ भदौ २०८३, आइतबार | August 30, 2026

अस्पतालमा बिरामी धेरै आए भनेर डराउने होइन : स्वास्थ्य सचिव पोखरेल



चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोख्रेलले सरकारी अस्पतालले दिने सेवा सुविधा प्रभावकारी हुनुपर्ने बताएका छन् । भरतपुर अस्पतालको ६७औँ वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै उनले धेरै अस्पताल खोल्नेभन्दा पनि भएका अस्पतालबाट प्रभावकारी सेवा दिनेतर्फ केन्द्रित हुनुपर्ने बताए ।

सरकारी अस्पतालमा सेवा वृद्धि गर्न आवश्यक कर्मचारी अस्पतालले राख्न पाउने गरी मन्त्रालयले व्यवस्थापन गर्न लागेको उनले जानकारी दिए । उनले भने, “अहिले बिरामी धेरै आए भनेर डराउने होइन, गुणस्तरीय सेवा कसरी दिने भन्ने विषय महत्वपूर्ण हो ।” भरतपुर अस्पताललाई सरकारले पाँच सय शय्याको अस्पताल सञ्चालनका लागि अनुमति दिइसकेको उहाँको भनाइ थियो ।

कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यसचिव बद्रीबहादुर खड्काले सरकारी अस्पताल गरिब निमुखाको अस्पतालका रूपमा विकास गर्नुपर्ने बताए । बागमती प्रदेशको रिफरल अस्पतालका रूपमा रहेको यस अस्पतालको विकासमा प्रदेश सरकार रहेको जनाउँदै उनले यस अस्पताललाई शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गर्न सकारात्मक रहेको बताइ । अहिले विसं २०५१ को ‘ओएनएम सर्भे’अनुसार अस्पतालहरूमा कर्मचारी कम भएकाले सेवा प्रभावकारी बनाउन नसकिएको उनले जानकारी दिए ।

सो अवसरमा अस्पताललाई उत्कृष्ण योगदान पु¥याउने विभिन्न व्यक्ति र कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ८ : ३४ बजे

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती

काठमाडौँ । भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा

भोटेकोशी बाढी अपडेट : ७३४ जनाको मृत्यु, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो

नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले रसुवामा बाढीबाट प्रभावित नागरिकको सहयोगका