३ पुस २०८२, बिहिबार | December 18, 2025

सभामुख घिमिरेले मागे संसदीय समिति गठन गर्न सांसदको नाम



काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको समिति गठन गर्न दलहरूसँग सांसदको नाम मागेका छन् । सोमबार बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुख घिमिरेले विषयगत संसदीय समिति गठन गर्न सदस्यका लागि दलहरूसँग सांसदहरूको नाम मागेका हुन् ।

बुधबारसम्म समिति गठन गर्नेगरी तयारी स्वरुप सभामुख घिमिरेले सांसदको नाम मागेका हुन् । कांग्रेसको लागि अर्थ, अन्तर्राष्ट्रिय, उद्योग, कानुन, राज्य व्यवस्था, शिक्षा समितिमा आठजना सांसदको सिट संख्या तोकेको छ । कृषि, महिला र पूर्वाधार विकासमा ९ जना सांसदले प्रतिनिधित्व गर्नेछन्।

मालेले शिक्षामा सातजना र अन्य सबैमा आठजना सिट संख्या तोकिएको छ । माओवादी केन्द्रले भने अर्थ, अन्तर्राष्ट्रिय, उद्योग, कानुन, कृषिमा तीनजना सांसद र अन्यमा दुई जना सांसदको सिट संख्या तोकिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तर्राष्ट्रियमा एक जनाले र अन्यमा दुई जनाको सिट संख्या तोकिएको छ । जसपाले सबै समितिमा एक जना, जनमत पार्टीले अर्थ, उद्योग, कानुन, महिला, शिक्षा र सार्वजनिक लेखामा एकजना र लोसपाले एक सांसदले अन्तर्राष्ट्रिय, राज्य व्यवस्था र शिक्षामा प्रतिनिधित्व गर्नेछन्।

नागरिक उन्मुक्ति पार्टीले अन्तर्राष्ट्रिय, पूर्वाधार विकास र शिक्षामा एक जना सांसदको संख्या तोकिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  २ : ३९ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल