९ पुस २०८२, बुधबार | December 24, 2025

जिप दुर्घटनामा एकजनाको मृत्यु



पर्वत । पर्वतको महाशिला गाउँपालिकामा गए राति जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक व्यक्ति घाइते भएका छन् ।

सदरमुकाम कुश्माबजारबाट महाशिलातर्फ जाँदै गरेको ग २ च ६९० नंको जिप महाशिला-५ काहुलेमा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक महाशिला-४ धनुवासका ३७ वर्षीय ख्यामबहादुर विकको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका लागि गण्डकी अस्पताल पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए ।

दुर्घटनामा घाइतेको लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  १० : २६ बजे

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने

बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका