१८ श्रावण २०८३, सोमबार | August 3, 2026

अर्थमन्त्री भेटेर बुटवलका नगरप्रमुखले भने,-‘संघीय आयोजना छिटो पूरा गर्ने गरी निर्देशन दिनुहोस्’



बुटवल । अर्थमन्त्री प्रकाशशरण महतसँग भेटेर बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा सञ्चालित संघीय आयोजनाहरु समयमै पूरा हुने गरी पर्याप्त बजेटको व्यवस्था गरिदिन अनुरोध गरेका छन् ।

अर्थमन्त्रालयमा पुगेर अर्थमन्त्री महतसँग भेटेर उनले बुटवलको मुख्य सडक, तिनाउ करिडोर, सिद्धबाबा सुरुङमार्ग, झुम्सा खानेपानीसहितका योजनाहरु समयमै पूरा हुने गरी सम्बन्धित संघीय कार्यालयहरुलाई निर्देशन दिन आग्रह गरे । उनले ती आयोजनाहरुका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन पनि अनुरोध गरे ।

भेटका क्रममा उनले बुटवलबाट प्रदेशको राजधानी दाङ गएपछि बुटवलका बासिन्दा निराशा र असन्तुष्टि रहेकाले बुटवलबासीमा उर्जा थपिनेगरी बजेटमार्फत सम्बोधन गर्न अनुरोध गरे । उनले संघ सरकारले निर्माण गरेका आयोजनाहरु स्थानीय सरकारलाई हस्तान्तरण गर्न र स्थानीय सरकारको समेत अपनत्व हुने गरी कार्यक्रम ल्याउन अनुरोध गर्दै राजस्व संकलनदेखि कानून निर्माण र कार्यान्वयनमा संघीयताको मर्मअनुसार कतिपय काम हुन नसकेको गुनासो गरे । नगरप्रमुख पाण्डेयले वित्तिय संघीयता र स्थानीय सरकार आत्मनिर्भर हुने गरी राजस्व बाँडफाँडमा चासो दिन पनि अर्थमन्त्रीलाई अनुरोध गरे ।

उनले आर्थिक रुपमा सबैतिर निराशा छाइरहेको अवस्थामा संघीय सरकारले उपयुक्त नीति ल्याउँदै जनतामा आशा जगाउनुपर्ने र सोहीअनुसारका कार्यक्रम ल्याउनुपर्ने राय व्यक्त गरेका थिए ।

भेटका क्रममा अर्थमन्त्री महतले सरकारले छिटै नै नीतिमा सुधार गर्दै जनतामा छाएको निराशा हटाउने गरी काम गरिरहेको बताएका थिए । उनले बुटवलको विकासका लागि आफु सधै सकारात्मक रहेको र बुटवलको चित्त बुझ्ने गरी काम हुनेमा विश्वास दिलाए ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  १० : ५९ बजे

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं