९ पुस २०८२, बुधबार | December 24, 2025

नेपाल बारका प्रतिनिधिले प्रधानमन्त्री प्रचण्डलाई भेट्दै



काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्ने भएको छ ।

यसका लागि बिहीबार बिहान ८ बजे प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको बार अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए । यसअघि मंगलबार पत्रकार सम्मेलन गरेर बारले १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया नथाले आन्दोलन गर्ने चेतावनी दिएको थियो ।

एक वर्षदेखि न्यायपालिका नेतृत्वबिहीन भएकाले अब बार चुप लागेर नबस्ने भन्दै अध्यक्ष घिमिरेले १० दिनभित्र पनि प्रधानन्यायाधीश प्रक्रिया अघि नबढाइए आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर संघर्षमा उत्रिने चेतावनी दिए । प्रधानन्यायाधीश नहुँदा कार्यपालिका र व्यवस्थापिकाले न्यायपालिकालाई हेपेको उनको भनाइ छ ।

यसबारे भेटमा प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराउन र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न आग्रह गरिने अध्यक्ष घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ७ : ३७ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच चुनावी एकता

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

बुटवल औद्योगिक प्रदर्शनीको पहिलो सातामै एक लाख अवलोकनकर्ता, ८ करोडको कारोबार

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीको पहिलो सातामै करिब एक

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने

बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक