१० चैत्र २०८२, मंगलबार | March 24, 2026

जनयुद्ध दिवसका विरुद्ध उभियो मानवअधिकार तथा शान्ति समाज, अयोग्य लडाकुको सहयोग खारेज गर्न माग



काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले अयोग्य घोषित माओवादी लडाकुलाई आर्थिक सहयोग गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको छ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले अयोग्य घोषित माओवादी लडाकुलाई दुई लाखका दरले सहयोग उपलब्ध गराउने निर्णय गरेको भन्दै समाजले उक्त निर्णय खारेज गर्न माग गरेको हो ।

उक्त निर्णय खारेज गर्न समाजले बिहीबार सभामुख देवराज घिमिरेसँग आग्रह गरेको हो । शान्ति प्रक्रियाका क्रममा  अनमिनले ४ हजार ८ जना माओवादी लडाकुलाई अयोग्य घोषित गरेको थियो । उनीहरुलाई दुई लाख रुपैयाँका दरले दिने सरकारको निर्णय खारेज गर्न समाजले माग गरेको हो ।

समाजको प्रतिनिधिले सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने र ‘जनयुद्ध दिवस’ भनि राष्ट्रिय दिवसका रुपमा मनाउने सरकारको दुवै निर्णय खारेज गर्न माग गरेका हुन् ।

शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार गोविन्द खनाल, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनीले सभामुख घिमिरेलाई भेटेर ज्ञापनपत्र बुझाउँदै उक्त माग राखेका हुन् ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ३ : ३५ बजे

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि