८ पुस २०८२, मंगलबार | December 24, 2025

कोलम्बियाको शान्ति प्रक्रियाका अनुभव नेपालका लागि सान्दर्भिक : नेम्वाङ



काठमाडौंं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले कोलम्बियाको शान्ति प्रक्रियाका सकारात्मक अनुभवबाट पाठ सिकेर नेपालले बाँकी काम पूरा गर्न सक्ने बताएका छन् ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी अध्ययनका लागि कोलम्बिया पुगेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभाका अध्यक्ष नेम्वाङले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन राष्ट्रपति हुवाँ म्यानुअल सान्तोषले निर्वाह गरेको मुख्य भूमिकाको प्रशंसा गरेका थिए ।

अध्यक्ष नेम्वाङले भन्नुभयो, “लामो युद्ध समाप्त गर्न तपाईँको उत्कृष्ट प्रयासको हामी प्रशंसा गर्दछौँ ।” शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याएकामा प्रोत्साहनस्वरुप सन् २०१६ मा राष्ट्रपति हुवाँ म्यानुअल सान्तोषलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो ।

सरकार र कोलम्बियाको क्रान्तिकारी सशस्त्र बल (फार्क) लगायत विभिन्न सशस्त्र समूहबीचको ५० वर्षभन्दा लामो सशस्त्र सङ्घर्ष अन्त्य भएको थियो । नेपालले पनि १० वर्ष लामो सशस्त्र सङ्घर्ष सन् २००६ मा शान्ति सम्झौतामार्फत अन्त्य भएको प्रसङ्ग जोड्दै अध्यक्ष नेम्वाङले त्यसपछि नेपाल थप दिगो शान्तितर्फ उन्मुख भएको बताए ।

शान्ति प्रक्रियाको आधारभूमिमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना, धर्मनिरपेक्षता, समावेशी लोकतान्त्रिक प्रावधान र प्रगतिशील विषयवस्तुसहितको नयाँ संविधान जारी भएको छ । त्यस्तै पूर्वलडाकुको व्यवस्थापन सफलतापूर्वक सम्पन्न भएको छ । नेम्वाङले भने, “नेपाली जनताले मलाई संविधान निर्माण गर्ने दुवै संविधानसभाको अध्यक्षता गर्ने ऐतिहासिक अवसर प्रदान गरेकामा म प्रशन्नता व्यक्त गर्दछु ।”

नेपालको सङ्क्रमणकालीन न्यायका केही काम बाँकी रहेकाले त्यसलाई तार्किक निष्कर्षमा पु¥याउन आफूहरू प्रयासरत रहेको उनको भनाइ थियो । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्मा विचाराधीन अवस्थामा छ । उनले नेपाली शान्ति प्रक्रियामा खेलेको भूमिकाका लागि स्वीस सरकार र बोगोटास्थित स्वीस दूतावासलाई स्वागत समारोहको आयोजना गरेकामा विशेष धन्यवाद दिए।

नेपाली प्रतिनिधिमण्डलका नेतासमेत रहेका अध्यक्ष नेम्बाङले राष्ट्रपति सान्तोषको भूमिकाको उच्च प्रशंसा गर्दै कोलम्बियाको शान्ति प्रक्रियाका कतिपय अनुभव नेपालका लागि पनि सान्दर्भिक हुने बताएका थिए ।

नेपाली प्रतिनिधिमण्डलले कोलम्बियाका तत्कालीन सशस्त्र विद्रोही समूहका प्रमुख रोड्रिगो लोन्डोनो, शान्तिका लागि विशेष अदालतका अध्यक्ष रोबर्टो कार्लोस भिडाल, शान्ति प्रक्रियामा विशेष भूमिका खेल्ने पूर्वमन्त्री क्रिस्टो र विभिन्न पीडितसँग भेटवार्ता गरी अन्तक्र्रिया गरेको थियो ।

नेपाली प्रतिनिधिमण्डलमा नेम्वाङसहित नेताहरू प्रदीप ज्ञवाली, रमेश लेखक, राधेश्याम अधिकारी, खिमलाल देवकोटा, नेपाली सेनाका रथी चित्रबहादुर गुरुङ र पवन पाण्डे पनि सहभागी छन् । सोमबार कोलम्बिया गएको नेपाली प्रतिनिधिमण्डल आज स्वदेश फर्कँदैछ ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  १ : ४६ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना