९ चैत्र २०८२, सोमबार | March 23, 2026

वारीबेनीदेखि मल्लाज जोड्ने सडक आयोजना सम्पन्न



पर्वत । यहाँको एक सडक आयोजना सम्झौता अवधिभन्दा एक महिनाअगावै सम्पन्न भएको छ । जिल्लाको जलजला गाउँपालिकाको वारीबेनीदेखि मल्लाज जोड्ने सडक आयोजनाको काम सम्झौता अवधिभन्दा एक महिनाअघिनै सकिएको हो ।

जलजला र गण्डकी प्रदेश सरकारको साझेदारीमा वारीबेनीदेखि मल्लाजको माइनडाँडासम्मको सडक ढलान गर्ने काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएको छ ।

वारीबेनी-मल्लाज सडकको ग्रेड र घुम्ती सुधार, ढलान, नाली, ग्यावियन र मेसिनरी पर्खाल निर्माण गर्न ती दुई निकायले रु एक-एक करोड बिनियोजन गरेका थिए । कालिका इन्फ्रास्टक्चर प्रालिले रु एक करोड १५ लाखमा ठेक्का पाएको यो सडक निर्माण सकिएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए ।

विभिन्न ठाउँमा चार सय सात मिटर सडक ढलान र नाली निर्माण भएको इञ्जिनियर सुनल बानियाँले बताए । मेसिनरी र ग्यावियन पर्खाल बनाएर सडकको ग्रेड तथा मोड सुधार गरिएको हो । यही वैशाख २५ गतेसम्म सम्झौताको म्याद थियो । म्याद सकिनुभन्दा एक महिनाअघिनै निर्माण व्यवसायीले काम सकेका छन् ।

पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघिनै सडक निर्माण गरेको निर्माण कम्पनीका सञ्चालक विप्लप हमालले जानकारी दिए । धेरै विकास आयोजना ढिलासुस्तीले अलपत्र र बेवारिसे बनेको अवस्थामा वारीबेनी मल्लाज सडक भने लक्ष्यअघिनै सकिएको छ ।

तीन किलोमिटर दूरीको वारीबेनी मल्लाज सडकको अप्ठ्यारो अधिकांश ठाउँमा ढलान भएपछि यात्रा सहज भएको फट्केढुङ्गाका भगवान जिसीले बताए । यो सडक जलजलाको १, २, ३, ४, ५ नम्बर वडाका साथै म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चे, नागीका बासिन्दाले प्रयोग गर्दै आएका छन् ।

मल्लाजको भुरतुलादेखि मल्लाज हुँदै लेकफाँट जोड्ने सडक सङ्घीय सरकारको सडक डिभिजन र फड्केढुङ्गाको दोवदोवेदेखि मल्लाजसम्म सडक सहरी विकास कार्यालयमार्फत स्तरोन्नतिको काम भइरहेको छ । सङ्घीय सरकारको रणनीतिक महत्वका सडक कार्यक्रम मार्फत मल्लाज–लेकफाँट सडक स्तरोन्नति गर्न रु ३७ करोडमा ठेक्का पाएको रायमाझी कन्ट्रसन प्रालिले प्रारम्भिक चरणको कामलाई तीव्रता दिएको छ ।

मल्लाजको भुरतुलाको डिलदेखि लेकफाँटसम्म करिब १० किलोमिटर सडक सात मिटर चौडाइका दरले कालोपत्र र ढलानका साथै नाली, पर्खाल निर्माण गर्ने, घुम्ती तथा ग्रेड सुधार गर्ने काम भइरहेको उपाध्यक्ष आचार्यले बताए ।

यसैगरी सहरी विकास कार्यालय बागलुङमार्फत दोवदोवेदेखि मल्लाज हुँदै बाँसखर्कको सिमानासम्मको पाँच किलोमिटर सडक स्तरोन्नति गर्न ठेक्का पाएको निर्माण कम्पनीले पनि सडक विस्तारको प्रारम्भिक चरणको काम गरिरहेको छ । यो सडकलाई पनि पाँच मिटर चौडाइका दरले कालोपत्र गर्ने योजना छ । केही दिनयता भने सडक निर्माणको काम सुस्ताएको मल्लाजका बासिन्दाले बताएका छन् ।

उक्त सडक खण्डको आइतबार जलजलापालिकाका उपाध्यक्ष आचार्यको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदी, इञ्जिनियर सुनिल बानियाँलगायतको टोलीले अनुगमन गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ७ : ०१ बजे

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत