५ पुस २०८२, शनिबार | December 20, 2025

चितवन क्षेत्र नं २ मा ६२ प्रतिशत मत खस्यो



चितवन । चितवन निर्वाचन क्षेत्र नं २ मा सम्पन्न उपनिर्वाचमा ६२ दशमलव ७७ प्रतिशत मत खसेको प्रारम्भिक नतिजा आएको छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको हो ।

मतदान सकिएसँगै अहिले मतपेटिका मतगणनास्थलतर्फ ल्याउने क्रम जारी छ । यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले ७८ हजार दुई सय ७७ मतदाताले मतदान गरेको जानकारी दिए । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका थिए । तीमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एकजना तेस्रोलिङ्गी रहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार अहिले मतगणनास्थल उद्योग सङ्घ चितवनको अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलमा ल्याउने प्रक्रिया सुरु भएको छ । आज राति १० बजेसम्म मतपेटिका आइपुग्ने उनले जानकारी दिए । मतपेटिका आएसँगै राजनीतिक दलहरूको सहमतिमा आज रातिदेखि नै मतगणना सुरु गर्ने तयारीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको बताए । चार स्थानमा गणना गर्न मिल्ने गरी व्यवस्थापन गरिएको उनले जानकारी दिए । वैशाख १३ गतेसम्म नतिजा आउने गरी गणनाको काम गरिने उनको भनाइ छ ।

यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ, नेकपा ९एमाले० बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा छन ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले सांसद पद बदर गरेपछि उपनिर्वाचन भएको हो । जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा ६७ दशमलव ६३ प्रतिशत अर्थात् ८४ हजार १७ मत खसेको थियो । सो समयमा एक लाख २४ हजार दुई सय १७ मतदाता रहेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ६ : ५६ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य