२४ माघ २०८२, शनिबार | February 7, 2026

बुटवलका प्रमुख र प्रहरी प्रमुखबीच भेटवार्ता, नागरिक सुरक्षाबारे छलफल



बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र प्रहरी महानीरिक्षक वसन्त बहादुर कुँवरका बीचमा भेटवार्ता भएको छ ।

बुटवल उपमहानगरपालिकाको कार्यालयमा बिहीबार भएको भेटवार्तामा बुटवल क्षेत्रको सुरक्षा व्यवस्था, रात्रीकालीन बजार सञ्चालन, अपराध न्यूनीकरणलगायतका विषयमा छलफल भएको छ ।

भेटवार्ताका क्रममा नगर प्रमुख पाण्डेयले मोतीपूर औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापना, रात्रीकालीन बजार सञ्चालनमा समन्वय र प्रहरी पोष्ट स्थापना, अपराध न्यूनीकरणमा तदारुकता देखाउनका लागि प्रहरी प्रमुख कुँवरलाई आग्रह गरेका छन् । उनले बुटवल क्षेत्रमा लागूपदार्थ दुव्र्यसन, अपराधका घटना न्यूनीकरणमा प्रहरी संगठनले थप सक्रियता देखाउन जरुरी रहेको बताए ।

नगर प्रमुख पाण्डेयले बुटवलको अमरपथ, कालिकापथमा रात्रीकालीन बजार सञ्चालनका क्रममा सुरक्षा व्यवस्थापनजस्ता विषयमा प्रहरी संगठनले स्थानीय सरकारसँग समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

भेटका क्रममा प्रहरी महानीरिक्षक वसन्त बहादुर कुँवरले औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापना गर्ने विश्वास दिलाए । उनले रात्रीकालीन बजार सञ्चालनका लागि आवश्यक सहजीकरण गर्ने र बुटवललाई अपराधमुक्त र शान्तिपूर्ण शहर बनाउनका लागि प्रहरी संगठनले सहयोग गर्ने बताए ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ९ : ४१ बजे

भत्किँदै उठेको झेँदी पुल : बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना

गुल्मी । वर्षौँको प्रतिक्षा, निराशा र संघर्षपछि अन्ततः गुल्मीको बडिगाड

‘गाउँमै बस्ने वातावरण बनाइदिने नेतालाई भोट’

ढोरपाटन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकले जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी

आज कोशी र गण्डकीको हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

निर्वाचन आउन २६ दिन बाँकी : चौतिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

काठमाडौं । आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेकामध्ये