२४ माघ २०८२, शनिबार | February 7, 2026

मुस्ताङमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु



जोमसोम । मुस्ताङको थासाङ-१ टुकुचेमा शनिबार बिहान करिव ९ बजे ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ।

कालिगण्डकी नदीमा बालुवा लोड गरेर निर्माण स्थलतर्फ लैजाँदै गर्दा ग१त ६७३६ नम्बरको ट्याक्टरको अचानक अगाडीको इन्जिन रहेको भाग अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको हो।

दुर्घटनामा धौलागिरी गाउँपालिका-३ दरक बस्ने ३४ वर्षीय तकबहादुर बुढाको इन्जिनले च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए। ट्याक्टर थासाङ-२ बस्ने नगेन्द्र फगानीको रहेको बताइएको छ।

टयाक्टर दुर्घटना भएको सूचनापछि प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलसहितको टोली घटना स्थलमा पुगेको थियो। प्रहरी टोलीले घटनाको आवश्यक अनुसन्धान सुरु गरेको बताएको छ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ११ : ५१ बजे

सप्तरीमा शंकास्पद वस्तु विस्फोट, चार बालक घाइते

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका-६ स्थित दुधैला खोलामा शंकास्पद वस्तु

टी-२० विश्वकपको पहिलो खेलमा पाकिस्तानको रोमाञ्चक जित, नेदरल्याण्ड्स तीन विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा पाकिस्तानले

यो निर्वाचन व्यक्ति होइन, राष्ट्र जित्ने कि हार्ने भन्ने सवाल हो : पद्यमा अर्याल

बुटवल । नेकपा एमालेकी सचिव पद्यमा अर्यालले यस पटकको निर्वाचनमा

निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँ : गृहमन्त्री

त्रिशूली । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ

नयाँ दलको प्रभावले पाँचथरमा बदलिएको प्रतिस्पर्धा

पाँचथर । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा