२ पुस २०८२, बुधबार | December 17, 2025

मुस्ताङमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु



जोमसोम । मुस्ताङको थासाङ-१ टुकुचेमा शनिबार बिहान करिव ९ बजे ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ।

कालिगण्डकी नदीमा बालुवा लोड गरेर निर्माण स्थलतर्फ लैजाँदै गर्दा ग१त ६७३६ नम्बरको ट्याक्टरको अचानक अगाडीको इन्जिन रहेको भाग अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको हो।

दुर्घटनामा धौलागिरी गाउँपालिका-३ दरक बस्ने ३४ वर्षीय तकबहादुर बुढाको इन्जिनले च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए। ट्याक्टर थासाङ-२ बस्ने नगेन्द्र फगानीको रहेको बताइएको छ।

टयाक्टर दुर्घटना भएको सूचनापछि प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलसहितको टोली घटना स्थलमा पुगेको थियो। प्रहरी टोलीले घटनाको आवश्यक अनुसन्धान सुरु गरेको बताएको छ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ११ : ५१ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल