१८ माघ २०८२, आइतबार | February 1, 2026

सन्दर्भ पत्रकारिता दिवस : उपविजेताको खुसी र आमा गुमाएको त्यो दिन



बुटवल । जतिबेला बुटवलमा फुटसलको घम्साघम्सी चलिरहेको थियो, फुटसलमा सक्रिय खेलिरहेका एक जना खेलाडी पत्रकारको भने बर्दियामा आमाको मृत्यु भएर समसानघातमा लैजाने तयारी गरिँदै थियो । प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको प्रदेश स्तरिय फुटसल प्रतियोगिता चलिरहँदा बाँकेबाट खेलमा सहभागी पत्रकार भगतराम थारु भने टुहुरा बनिसकेका थिए । प्रतियोगितामा उनले आफ्नो खेल कौशलता देखाईरहँदा आफु टुहुरो भएको उनलाई पत्तै भएन ।

आमाको वियोगमा खेल खेलिरहेका पत्रकार भगतरामले खेल सकिएसँगै आमाको मृत्युको खबर पाएका थिए । खेलमा उत्कृष्ठ प्रदर्शन गरेको भन्दै साथीहरुले प्रशंसा गरिरहँदा उनलाई भने मातृवियोगको पिडा थपिएको थियो । प्रतियोगितामा पहिलो खेलमा गुल्मी विरुद्ध थारुले मात्र ४ गोल हानेका थिए ।

मातृ वियोगसँगै फुटसलको उपविजेता बन्दाको उद्देलित मनलाई पत्रकार थारु यसरी पोखेका छन् । मातृक्रियाकर्म स्थलबाट खबरकुरालाई पत्रकार थारुले पठाएको मनोकथा जस्ताको तस्तै :

लगातार जितको खुसी छदैछ । जित्दै जानू र उपाधी लग्नु पर्छ भन्ने हाम्रो टिममा थियो । बैशाख २१ गते बिहानदेखी लगातार एकपछि अर्को फुटसल गेम चालू थियो । जित्दै जाँदा मनमा उमंग त हुने नै भयो ।

प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको प्रदेश स्तरिय फुटसल प्रतियोगितामा १२ जिल्लाका प्रेस चौतारी निकट पत्रकारहरूको बुटवलमा घम्साघम्सी फुटसल प्रतियोगिता चलिरहेको थियो । उपाधी बाँकेले लग्नुपर्छ भनेर हाम्रो टिम जुझारूका साथ प्रतिस्पर्धामा उत्रिएको थियो । उपाधिका लागि अन्तिम अर्थात फाईनल खेल दाङसंग बाँके भिड्ने पक्का भयो ।

गेम खेल्दाखेल्दै मेरो मनमा एक्कासी गरूङ्गो भारी भएजस्तो महसुस भयो । खै किन हो ? सोच्न सकिन, गेम खेल्नु नै थियो । मन नलागी नलागी प्रतियोगिता सकियो विजेता हुन नसके पनि उपविजेता भईयो । ट्रफी र पुरस्कार लिन बाँकी थियो । मनमा खुसीको सिमा थिएन । पुरस्कृत हुनुको खुसी त छदैछ, जित भएको खुसियाली खानु पनि बाँकी थियो । धानखोलामा पार्टी गर्ने कुरा पनि भयो । ट्रफि र पुरस्कार लिएर हामी होटेलमा पुग्यौं ।

गेम खेल्नु थियो त्यही भएर विहानदेखि आफुसँग मोबाईल साथमा थिएन मनमा एक किसिमको खुलदुली थियो कि कति फोन आईराहोला भनेर । मोबाइल हातमा पर्यो मोबाईलमा मिसकल आएको लाम्बद्व थियो । जति हेर्छु घरपरिवार दाजुभाउजु, छोराछोरी, दिदिबहिनीको मात्र दर्जन बढि फोन आएको रहेछ । सुरूमा बुढीलाई कलव्याक गरे । बुढिले पनि हजुरलाई कसैले केही भनेका छैनन भन्दै प्रश्न गरि । मैले सानो जवाफ फर्काएँ नाई भनेर । उनले सिधै जतिसके छिटो घर आउनु भनिन्, मनमा झन डर पैदा भयो ।

घरमा ३-४ महिनादेखी आमा विरामी हुनुहुन्थ्यो शंका लाग्यो कतै आमालाई त केही भएन भनेर । संगै भएका साथीहरूलाई मेरो घरमा भएको दुखद खबर बारे जानकारी थियो तर मलाई चिन्ता लिन्छ भनेर जानकारी नगराएका रहेछन् । छिटो घर पुगाउनुपर्नेमा भने उनीहरुको सल्लाह भएको रहेछ । श्रीमतीको कुरा पछि मेरो अनुहारको चमक हरायो ।

कति छिटो घर पुग्छु भन्ने मात्र मनमा खेल्न थाले । हामी बुटवलदेखी साँझ ७ बजे सिधै बर्दियाजाने निधो गर्यों र बिहान बर्दिया पुग्यौं । घरमा रूवावासी थियो । म पुग्ने बित्तिकै आमाको अन्तिम दाहसंस्कारको लागि जोहो गर्ने कार्य सुरू भयो । शुक्रबार बिहान ८ बजे नजिकैको आफ्नै खेतमा अन्तिम दाहसंकार गरियो । आमाको मृत आत्माले शान्ति पाओस् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ४ : १९ बजे

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु

भारतको बजेट : पूर्वाधार र उत्पादनमा ठूलो लगानी

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अस्थिर वित्तीय बजार र

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक